फेरि चर्चामा विकिनी कि लर चार्ल्स शोभराज

 

२० चैत, काठमाडौं
कहिले जेलमै विवाह त कहिले मुटुको शल्यक्रियाका कारण चर्चामा आउने उनी हालै बेलायती सञ्चार माध्यम मिरर र डेलिमेलमा ‘आफू निर्दोष रहेको र तीनदेखि चार हप्तामा छुट्न लागेको’ भन्दै अन्तरवार्ता दिएपछि चर्चामा छन् ।

विकिनी कि लर चार्ल्स शोभराज सन् १९६३ देखि १९६७ सम्मको अवधिमा श्रृंखलाबद्ध ह त्यामा कु ख्यात अ पराधी हुन् । त्यसवेला उनी ११ मुलुकका प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए र अन्तर्राष्ट्रिय मिडियामा चर्चाको केन्द्रमा थिए ।

सन् २००३ मा उनी नेपालमा प क्राउ परेपछि हाल केन्द्रीय कारागारमा जन्मकैदको सजाय काटिरहेका छन् । तर, जेल जीवनको १६ वर्षको अवधिमा पनि उनी अन्तर्राष्ट्रिय चर्चाबाट कहिल्यै ओझेलामा परेका छैनन् ।

उनले आफूलाई अवैधरुपमा जेलमा राखिएको भन्दै झण्डै एक अर्ब नेपाली रुपैयाँ क्षतिपूर्ति माग गरेको समेत बयान दिएका छन् ।

कारागारमा छानविन

शोभराजबारे बेलायती पत्रिका मिररमा सामग्री प्रकाशित भएपछि कारागार व्यवस्थापन विभागले पनि चासो देखाएको छ । विभागका महानिर्देशक द्रोण पोखरेल भन्छन्, ‘एक जना विदेशी पत्रकारले अन्तरवार्ताका लागि अनुमति मागेका थिए तर, हामीले मानेका थिएनौं ।’

तर, शोभराजको भनाइ राखेर समाचार प्रकाशित भएपछि त्यसबारे छानविन गर्न केन्द्रीय कारागार, सुन्धारालाई निर्देशन दिइएको पोखरेलले बताए ।

कारागारका जेलर लक्ष्मी बाँस्कोटाले छानविनका क्रममा उनले अन्तर्वार्ता दिएको नदेखिएको दाबी गरे । उनका अनुसार पछिल्लो समय शोभराजसँग कसैले भेटघाट गरेका छैनन् । बरु उनले केही आफन्तलाई फ्रान्स, अमेरिका र बेलायतमा फोनचाहिँ गरेका छन् । ‘आफन्तसँग गरिएको कुराकानी नै पत्रकारसम्म पुगेर अन्तरवार्ताका रुपमा प्रकाशित भएको हो कि ?’, बाँस्कोटाको आशंका छ ।

कारागारमा कैदीबन्दीले हप्तामा दुई पटकसम्म प्रहरीको निगरानीमा परिवारसँग १५ मिनेट बोल्न पाउँछन् । यद्यपि, त्यस्तो फोन कलको उनीहरु स्वयम्ले पैसा तिर्नुपर्छ ।

प्रकाशित भएको : April 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु