भारत बाट नेपाल आउने अधिकांसमा कोरोना पोजेटिभ

 

काठमाडौं । भारतबाट नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गराएकामध्ये ६८ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चैत ६ देखि १९ गतेसम्म विभिन्न ५ नाकामा गरिएको एन्टिजेन टेस्टमा संक्रमणदर ४ प्रतिशत पाइएको छ ।

३ दिनमा १६ सय ९१ जनाको एन्टिजेन परीक्षण भएकोमा ६८ जनालाई पोजेटिभ देखिएको छ । त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ११ सय ८४ जनाको टेस्ट भएकोाम ५८, गड्डाचौकीमा ३९० जनाको टेस्ट भएकोमा ५, बेलहैया हेल्थ डेस्कमा ३७ जनाको टेस्ट भएकोमा १ जनालाई पोजेटिभ देखिएको छ ।

प्रकाशित भएको : April 3rd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु