संसद भवनमा आ;क्रमण एक प्रहरी अधिकारीको मृ; त्यु

 

२१ चैत, काठमाडौं । अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आ; क्रमणमा एक प्रहरी अधिकारीको मृ; त्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आ; क्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आ’ क्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृ’ त्यु भएको बीबीसीले जनाएको छ ।आ’ क्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।

वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आ;तंकवादसँग सम्बन्धित नभएको बताए ।

प्रकाशित भएको : April 3rd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु