विवाह बन्धनमा बाँधिएको एक वर्ष नपुग्दै अभिनेत्री प्रियंका कार्की आमा

 

काठमाडौ,चैत २२ गते।विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए । शुक्रवार उनी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् ।

फोटोसँगै उनले पेटको बच्चालाई सम्बोधन गर्दै लेखेकी छन्, ‘मलाई आसा छ तिमि सानो भए पनि कति धेरै मायाले घेरिएका छौं भन्ने थाहा होला ।’

दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए । विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा काम गरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् ।

लकडाउनपछि प्रियंका सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाई खुसीको खबर दिएकी छन् । आयांक जोडी आमा-बुबा बन्न लागेकोमा खुसी देखिएका छन्, जुन तस्विरले बोल्छ ।

प्रकाशित भएको : April 4th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु