चिनियाँ राष्ट्रपति सि जिनपिङ विद्यार्थीहरुहरुसँगै बेल्चा चलाउदै, कहिले सिक्लान नेपालको नेताले ?

 

एजेन्सी। चिनियाँ राष्ट्रपति सि जिनपिङ शुक्रबार रूख रोप्न सामेल भए । उनले बेइजिङका नागरिक र विद्यार्थीहरुहरुसँगै बेल्चा उठाएका छन् ।

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च प्रतिनिधीहरुको सहभागितामा राष्ट्रपति सि जिनपिङले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न आफैँ बेल्चा उठाएका हुन् ।

राष्ट्रिपति सीले बेल्चा उठाएर माटो फालेका थिए । रूख रोप्ने कार्यक्रम पनि एक सुन्दर चीन निर्माण गर्ने काम रहेको उनले दावी गरे । राष्ट्रपति सीले विद्यार्थीसँग उनीहरुको शैक्षिक क्रियाकलापबारे पनि कुराकानी गरेका थिए ।
सीले मानव र प्रकृतिबीच सामंजस्यपूर्ण सहअस्तित्वसहित सुन्दर मातृभूमि निर्माण गर्न प्रयास गर्न आग्रह गरे।

सीले विभिन्न प्रजातिको छ वटा बिरुवा रोपे। रूख रोप्ने क्रममा उनले आफ्ना वरिपरिका युवा विद्यार्थीहरुलाई बाल्यावस्थादेखि नै कडा परिश्रमको भावना जगाउन, कडा अध्ययन गरी देशको विकासमा योगदान गर्न तयार हुन भने
।https://i0.wp.com/www.onlinenepal.com/wp-content/uploads/2021/04/sibelcha.jpeg?w=800&ssl=1

चीनले राष्ट्रव्यापी रूख रोपण अभियान सुरु गरेको २०२१ लाई ४० औं वर्ष हो भन्ने कुरालाई ध्यानमा राख्दै सीले सबै जातीय समूहका चिनियाँ जनताले देशलाई हरियाली बनाउन र वनको स्रोत विस्तार गर्न सहयोग पुर्‍याएको योगदानको प्रशंसा गरे।
‘चीनले वातावरणलाई प्राथमिकता दिन र हरित विकासको लागि आफ्नो प्रतिबद्धतामा दृढ रहनुपर्दछ’, सिले थपे ।
सुन्दर चीन निर्माण गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिँदै सीले भने , एउटा सुन्दर चीनको निर्माण गर्नु भनेको ठूला नदीहरू र मातृभूमिको पहाडहरूको स्वास्थ्य र चिनियाँ जनताको पुस्ताको स्वास्थ्य सुनिश्चित गर्नु हो।’

उनले पार्टीका सदस्य र कार्यकर्ताहरुलाई देश बिकासमा आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे

प्रकाशित भएको : April 4th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु