५३ करोड बढी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण बाहिरियो कतै तपाईंको त परेन ?

 

यही जनावरीमा केही ह्याकर्सले फेसबुक प्रयोगकर्ताहरुका व्यक्तिगत विवरण संकलन गरेका थिए। हालै ती सबै विवरण इन्टरनेटमा लिक भएको छ।

सुरक्षा अन्वेषक एलोन गालका अनुसार ह्याकिङ फोरमका एक व्यक्तिले करीब ५३ करोड बढी फेसबुक प्रयोगकर्ताका व्यक्तिगत विवरण लिएर सम्पूर्ण डाटा वेबमा सार्वजनिक गरेको छ। यी डाटाभित्र प्रयोगकर्ताका फोन नम्बर, जन्म मिति, इमेल ठेगाना, स्थान तथा अन्य विवरण रहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

विवरण सार्वजनिक भएको प्रयोगकर्ता मध्ये तीन करोड २० लाख अमेरिकाको, एक करोड एक लाख बेलायतको र ६० लाख भारतका छन्।

सन् २०१९ तिर फेसबुकमा देखिएको गोपनीयता त्रुटीका कारण ह्याकर्सले प्रयोगकर्ताका विवरण यसरी सजिलै संकलन गर्न सकेको एलोन गालले बताएका छन्। उनका अनुसार ह्याकर्सले फेसबुकको यही कमजोरीको फाइदा उठाएका थिए।

फेसबुकले आफ्नो साइटको यो त्रुटी त्यही वर्ष अगस्टमा मिलाएको थियो, त्यसैले ह्याकर्ससँग त्रुटी मिलाउनु अघिका विवरण मात्र रहेको इन्ग्याजेटले बता

यदि कोहीले हालसालै फेसबुक खोलेका छन् वा अगाडि नै आफ्ना फेसबुक विवरण परिवर्तन गरिसकेका छन् भने उनीहरुका जानकारी इन्टरनेटमा लिक भएको छैन।

यस्ता सुरक्षा समस्याबाट सचेत गराउन फेसबुकले आफ्ना प्रयोगकर्तालाई समयमा सूचित गराउनु पर्ने एलोन गालको भनाइ छ।

फेसबुकले भने अहिलेसम्म यसबारे कुनै प्रतिकृया दिएको छैन।

प्रकाशित भएको : April 5th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु