यि कस्ती छोरी आमाको करोडौंको सम्पत्ति खाएर ८४ वर्षीया आमालाई छाडिन सडकमा प्रहरीले गर्‍यो पक्राउ

 

नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई प्रहरीले आइतबार काठमाण्डौको दरबारमार्गबाट पक्राउ गरेको छ।

सुष्माले आफ्नी आमाको तीन करोड बढी सम्पत्ति लिएर हेरचाह नगरेको भन्ने जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले ‘८४ वर्षीया बृद्धा आमा उजुरी दिएपछि निर्देशक रेग्मीलाई गरिएको जानकारी दिए। उनीविरूद्ध जेष्ठ नागरिक ऐन अन्तर्गत जाहेरी परेको एसएसपी सिंहले बताए।

उजुरी धेरै अगाडि परेको हो। बीचमा हामीले आफ्नो आमालाई हेर्नुपर्छ भनेर काउन्सेलिङ पनि गर्‍यौं। उनले अदालतबाट स्टे अर्डर लिएर आइन् त्यो पनि खारेज भयो। त्यसपछि मुद्दा दर्ता भएर प्रहरीले पक्राउ गरेको हो,’ एसएसपी सिंहले भने।

उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पनि पाइसकेको छ।

प्रकाशित भएको : April 5th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु