लकडाउन बढेको सुनेपछि भारतमा एक पूजारीले गरे आ’त्म’ह’त्या

 

लकडाउन बढेपछि भारतमा एक पूजारीले आ’त्म’ह’त्या गरेका छन्।

महाराष्ट्र राज्यको कान्दीवली शहरको उपनगरीय क्षेत्र निवासी ३५ वर्षे पादरीले मंगलबार आ’त्म’ह’त्या गरेको हिन्दुस्थान टाइम्सले जनाएको छ।

कर्नाटका राज्यका कृष्णा पूजारी नाम गरेका व्यक्ति संजयनगरमा रहेको इरानीवाडीको दुर्गा मन्दिरमा पूजारी रहेको खुलेको छ।

आ’त्म’ह’त्या गरेपनि प्रहरीले उनको साथबाट आ’त्म’ह’त्या’सँघ सम्बन्धित कुनै प्रकारको पत्र नभेटिएको जनाएको छ।

लकडाउनलाई वैशाख २१ सम्म बढाएको खबर थाहापाएपछि उनी अति नै निराश भएको बताइएको छ।

प्रहरी अधिकारीका अनुसार उनले भान्सामा झुण्डिएर आ’त्म’ह’त्या गरेका हुन्।

क्वारेन्टाइनमा नबसी प्रेमिका भेट्न गएपछि अस्ट्रेलियामा एक पुरुषलाई पहिलो पटक पठाइयो जेल

अस्ट्रेलियाले क्वारेन्टाइन उल्लघंन गरेको भन्दै एक पुरूषलाई जेल सजाय दिएको छ।

पर्थमा बस्ने ३५ वर्षका जोनाथन डेभिड नाम गरेका ती पुरुषले १४ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियमको पालना नगरी प्रेमिका भेट्न तथा खाना लिन अप्रिल ४ र ५ मा बाहिर निस्किएपछि उनलाई जेल पठाइएको हो।

पर्थको मेजिस्ट्रेट अदालतले उनलाई आपतकालिन व्यवस्थापन ऐन अन्तरगत कारवाही गरेको छ। यो कारवाही पर्ने उनी पहिलो अस्ट्रेलियन नागरिक हुन्।

उनी मार्च २७ मा भिक्टोरियाबाट पर्थ आएका थिए। त्यसपछि उनलाई त्यहाँको एक होटलमा १४ दिनको अनिवार्य क्वारेन्टाइनमा पठाइएको थियो।

यसक्रममा होटलका कर्मचारीले उनले चार दिनको अवधिमा पाँच पटक बाहिर गएको भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए।

यसक्रममा उनले प्रहरीसँगको बयानमा रेल चढेर प्रेमिका भेट्न गएको बताएका थिए।

अदालतले बुधबार डेभिडलाई ‘स्वार्थी’ भन्दै २ हजार अस्ट्रेलियन डलर जरिवाना तिराउनेसँगै साढे ६ महिनाको कैद सजाय तोकेको छ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु