विद्यार्थीहरुमा कोरोना संक्रमण बढ्यो, बेलायतको भेरियन्टसँग मिल्दो

 

काठमाडौं । पछिल्लो समय नेपालमा विद्यार्थीहरु तथा कम उमेरका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण बढ्न थालेको पाइएको छ ।

ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेलले केहीदिन यता पहिलाको भन्दा फरक उमेरसमुहमा संक्रमण बढेको जानकारी दिनुभयो ।

‘पहिला बालबालिकाहरुमा संक्रमण कम थियो तर अहिले अधिकांश संक्रमितहरु विद्यार्थी तर ५० वर्षभन्दा मुनिका पाइएको छ । पौडेलले भन्नुभयो,‘विद्यालयहरुमा स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने देखिएको छ । ’

उहाँले पछिल्लो समय देखिएका संक्रमितहरुमा बेलायतमा देखिएको कोरोनाको भेरियन्टसँग मिल्दोजुल्दो रहेको बताउनुभयो

प्रकाशित भएको : April 7th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु