डोटीमा कार दुर्घटना हुँदा ६ जना घाइते

 

डोटीको जोरायल गाउँपालिका-१ घण्टेश्वरको घोरडीमा बुधबार बिहान गाडी (कार) दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

डडेल्धुरादेखि धनगढीतर्फ गइरहेको से१च २३८८ नम्बारकाे कार भीमदत्त राजमार्ग अन्तरगतकाे घाेरडीमा दुर्घटनामा परेको घण्टेश्वर प्रहरी चौकी गैराले जानकारी दिएकाे छ ।

घटनास्थलमा खटिएका प्रहरी हवल्दार शम्भुसिंह धामीले बिहान करिब ९ः४५ मा दुर्घटना भएकाे जानकारी दिए ।

कार सडकदेखि झण्डै पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा कारमा सवार गरिरहेका चालकसहित ६ जना सबै घाइते भएका छन् ।

चालक मानबहादुर थापाको खुट्टाको रड निकाल्न धनगढी गइरहेको कारमा चालकसहित तीन जनाको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सवारी पास दिएको पाइएको छ ।

कारमा दुई साना बालबालिका सवार रहेको र उनीहरु बारे पासमा खुलाइएको छैन ।

घाइते हुनेमा चालक मानबहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरनबहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेका छन् ।

एलिजा थापा र मान्धरी थापाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि कैलाली अत्तरियाकाे पद्मा अस्पताल पठाइएकाे छ ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु