नुवाकोटमा पनि ओलि प्यानलको लजास्पद हार निउरियो ओलिको शिर

 

नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखामा सरकारनिकट प्यानल पराजित भएको छ । गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् ।

यता, सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी बनेका छन् ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।
प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।

प्रतिष्ठान प्रदेश अन्तिम नतिजा: बालकृष्ण अधिकारी: 940 उद्धव कार्की: 328 विरेन्द्र ओली: 778 सरोज कोईराला: 454 रामकुमार शाही:711 रुक्मिणी पोख्रेल: 736 राधिका जोशी: 435 रामकुमार शाही: 711 कमल राना: 435 पार्वती खड्का:744 यासिमा महत:424 केशव वोहरा: 696 राजिव खत्री: 461 नरेन्द्र मानन्धर: 774 सूर्य बराल: 366

प्रकाशित भएको : April 8th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु