प्रधानमन्त्री ओली उपराष्ट्रपति र सभामुख हटाउने मुडमा

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति र सभामुख हटाउने रणनीति बनाएको बुझिएको छ ।झगडिया बनेर सरकारविरुद्ध मुद्दा हाल्न गएको भन्दै सभामुख अग्नि सापकोटासँग असन्तुष्ट ओली उनलाई हटाउनुपर्ने मत राखिरहेका छन् ।

सभामुखको अनुपस्थितिमै यसअघि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक राख्ने, नियुक्तिहरू गर्ने काम फटाफट अघि बढाइसकेका छन् ।अब स्वयं सापकोटालाई नै हटाउन ओलीले निकटस्थहरूसँग सल्लाह गरिरहेको बुझिएको छ ।

पहिले सापकोटालाई राजीनामा दिन लगाउने न माने महाभियोग प्रस्ताव दायर गर्ने उनको रणनीति छ ।संसद्का जेठा सांसदको हैसियतमा महन्थ ठाकुरलाई बाँकी दिनहरूको अधिवेशन अध्यक्षता गराउने ओलीको तयार छ ।ओली सभामुखसहित उपराष्ट्रपति नन्दकिशोर पुनसमेतलाई बिदा गर्ने मुडमा देखिएका छन् ।

उपराष्ट्रपतिले ‘सरकारविरुद्ध ठाउँ–ठाउँमा भाषण गर्दै हिँडेको’ ओलीको आरोप छ ।प्रजातन्त्र दिवसका दिन सैनिक मञ्‍च टुँडिखेलमा प्रधानमन्त्री र उपराष्ट्रपतिबीचको तिक्तता सहभागीहरूले प्रष्टै याद गरेका थिए ।‘ओलीजी उपराष्टपतिसँग एकदमै रिसाउनुभएको रहेछ, सम्भवतः सरकारको कुनै निर्णयमा त्यो छिटै झल्किन्छ होला,’ ओली निकट एक नेताले भने

प्रकाशित भएको : April 8th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु