लकडाउनमा बिद्यार्थीको समस्या बुझ्दै पुर्वमन्त्री, कृतिपुरका बिद्यार्थीहरुलाई राहत बितरण (तस्विर सहित )

 

मजोज सापकोटा, काठमाण्डौं ।

देश यतिबेला कोरोना भाईरस जस्तो माहामारीसँग जुधिरहेको छ ।

यस्तो अबस्थामा लकडाउनमा बिद्यार्थीको समस्या बुझ्दै नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री राजन बहादुर केसिले कृतिपुरका बिद्यार्थीहरुलाई राहत सामाग्री बितरण गर्नु भएको छ ।

केसीले कृतिपुरमा रहेका बिद्यार्थीहरुको खानेपानीको समस्या नहोस् भन्ने उद्येश्यले ६५ जना बिद्यार्थीहरुलाई ६५ जार खानेपानी बितरण गर्नुभएको हो ।

उहाँका अनुसार यो संकटको अबस्थामा काठमाण्डौं मै बसोबास गरेका बिद्यार्थीहरुलाई खानेपानीको सबैभन्दा ठुलो समस्या रहने भन्दै पानी बितरण गरेको बताउनु भयो ।

यो संकटको अबस्था सरकारले गरेको काम प्रभावकारी नभएको भएपनि हरेक नागरीकले आफ्नो दायित्व सम्झेर सबै क्षेत्रबाट जहाँ सकिन्छ त्यहि तथा जति सकिन्छ त्यति सबैले सहयोग गर्नुपर्नेमा पुर्वमन्त्री केसीको जोड रहेको थियो ।

खानेपानी बितरण गर्नुभएकोमा पुर्वमन्त्रीलाई धन्यवाद दिँदै कार्यक्रमलाई सहजीकरण भने ने. बि. संघ त्रिभुवन बिश्व बिधालयका उपाध्यक्ष हरि प्रसाद जोशीले गर्नुभएको थियो ।

 

 

 

 

 

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु