प्रचण्ड दक्षीण एशियाकै राजनेता हुन,उहाँ बिना देश बनाउन सकिदैनःऋषि धमला

 

काठमाडौं । देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् ।

आइतबार काठमाडाैँमा आयाेजित कार्यक्रममा सञ्चारकर्मी धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएकोसमेत बताएका छन्। धमलाले अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा व्याक्त गरेका छन् ।

प्रकाशित भएको : April 15th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु