कैलालीमा फेरि अर्की किशोरीमाथि सामूहिक ब’ला’त्का’र

 

कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक ब’ला’त्का’र भएको छ ।

मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक ब’ला’त्का’र भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–४ लालपुरफका २९ वर्षका रामकुमार चौधरी, २२ वर्षका मंगल चौधरी र ३१ वर्षका सुरेश कुमार चौधरी रहेका कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्ष बस्नेतले बताए ।

उनीहरुमाथि ब’ला’त्का’र मुद्दामा अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट १५ दिनको अनुमति लिएको उनले जानकारी दिए ।

यसअघि मंगलबार कैलालीकै गौरीगंगा नगरपालिका १ कि १७ वर्षीया किशोरीमाथि पनि सामूहिक ब’ला’त्का’र भएको थियो ।

घटनामा संलग्नताको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु