उद्दारका लागि तयारी अवस्थामा बस्न हेलिकप्टर सञ्चालकलाई सरकारको निर्देशन

 

सरकारले हेलिकप्टर सञ्चालकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

व्यापार नभएको भन्दै विदेशी पाइल बिदा गेर स्वदेशी कर्मचारीलाई बाध्यकारी बिदा दिएका अपरेटरहरूलाई सरकारले उद्दारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिको निर्णयअनुसारन नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा बस्न भन्दै पत्राचार गरेको हो।

सरकारले कोरोना संक्रमणको आशंका गरिएकाहरूको नमूना संकलन तथा संक्रमितलाई अस्पतालसम्म पुर्‍याउनका लागि हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो।

देशभर व्यापाक परीक्षण तथा उपचारका लागि सरकारले हेलिकप्टर परिचालन गर्ने रणनीति लिएको हो।

पूर्वदेखि पश्चिमसम्मका सबै क्षेत्र कभर गर्नेगरी उपकरणयुक्त हेलिकप्टर तैनाथ गर्न निर्देशन दिइएको र सोहीअनुसार तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार नेपालगञ्ज र विराटनगरका लागि हेलिकप्टर तयारी अवस्थामा रहेका छन्।

यसअघि प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई उडान गर्दा पाइलट तथा उडानदलमा संलग्नहरुलाई व्यक्तीगत सुरक्षा कवच उपलब्ध गराउन निर्देशन दिएको थियो। विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उडानको प्रवन्ध गर्न प्राधिकरणले निर्देशन दिइसकेको छ।

हाल नेपालमा १० कम्पनीका ३३ ओटा गैर सैनिक हेलकप्टर सञ्चालनमा छन्।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु