
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्सरे टेक्निसियन राज कुमार ढकालविरूद्ध दुई करोडको भ्रष्टाचार मुद्दा लगाएको छ।
अख्तियारले बुधवार उनी विरूद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनले २ करोड २ हजार ८ सय ८६ रूपैयाँ अकुत सम्पत्ति थुपारेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
उनले पेस गरेको सम्पत्ति विवरण उनको आर्थिक हैसियत भन्दा अस्वभाविक र अमिल्दो रहेको अख्तियारले जनाएको छ।
उनलाई विगो बमोजिम जरिवाना र २ वर्षसम्मको सजाय हुनुपर्ने माग अख्तियारको छ।
अख्तियारका अनुसार ढकालले श्रीमतिको नाममा घरजग्गा जोडेका थिए भने आफ्नो र राममणि लामिछानेको नाममा विभिन्न बैंकमा पैसा राखेका थिए।
‘उनका नाममा रहेको विभिन्न खाताबाट अस्वभाविकरूपमा आयस्रोत भन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको र आफ्नो श्रीमति निरजरा घिमिरे र आफन्त राममणि लामिछानेको नाममा चल अचल सम्पत्ति लुकाइ राखेको पुष्टि हुन आएको’ अभियोगपत्रमा उल्लेख छ।
ढकालकी श्रीमति र लामिछानेलाई सम्पत्ति जफतको लागिमात्रै अभियुक्त बनाइएको अख्तियारले जनाएको छ।
प्रतिकृया दिनुहोस्