अटोमेटिक स्यानिटाइजर मेसिन सञ्चालनमा

 

नेपाली युवा उद्यमी मञ्च चितवनले नारायणगढको पुलचोकमा ‘अटोमेटिक स्यानिटाइजिङ मेसिन’ सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसको जोखिम कम गर्न मङ्गलबारबाट मेसिन सञ्चालनमा ल्याइएको हो ।

मेसिन चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले शुभारम्भ गरे ।

बटुवा तथा अत्यावश्यक काममा सवारी साधन लिएर हिँडेका यात्रुहरूलाई पूरै शरीर शुद्धीकरण गरी पठाउने उद्देश्यले मेसिन राखिएको मञ्चका अध्यक्ष दाताराम घिमिरेले बताए ।

नवलपरासी हुँदै चितवन आउने यात्रुहरू सो मेसिनमा सेनिटाइज भएर मात्र प्रवेश गर्न पाउँछन् ।

मेसिनमा एकपटकमा चार जना व्यक्ति छिर्न सकिन्छ भने १० सेकेन्डमा शुद्धीकरण हुन सकिने अध्यक्ष घिमिरेले बताए ।

शुद्धीकरणका लागि एक हजार लिटर पानीमा पाँच सय एमएल स्यानिटाइज केमिकल मिसाउने गरिन्छ ।

हातमा मात्रै स्यानिटाइजर लगाएर नहुने भएकाले पूरै शरीर स्यानिटाइज गर्दा बढी सुरक्षित हुने अध्यक्ष घिमिरे बताउँछन् ।

मञ्चले करिब डेढ लाख खर्च गरेर मेसिन राखेको बताएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु