कोरोना संक्रमितहरुको परिचय नखुलाउन सरकारको अनुरोध

 

नेपालमा कोरोना संक्रमितहरुको संख्या १६ जनामा सिमीत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कोरोना संक्रमित फेला नपरेको जानकारी दिएको छ ।

यो सँगै मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशन गरेकोमा खेद प्रकट गर्नुभयो ।

बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन–प्रसारण गर्न नपाइने भन्दै अब ख्याल गर्न सम्पुर्ण सञ्चारमाध्यमहरुलाई चेतावनी दिनुभयो ।

जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको पनि प्रवक्ता देवकोटाले जानकारी गराउँनुभयो ।

यो सँगै सनसिटी अपार्टमेन्टबाट ल्याइएका ३ नमूनामध्ये एक जनामा कोभिड– १९ नेगेटिभ आएको जानकारी दिइएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु