भत्कियो कांग्रेसको गढ सिङ्गो बस्ती नै एमालेमा प्रवेश

 

स्याङ्जा, ३० चैत । मुलुकमा राजनीतिक उथल पुथल भइरहेको समयमा नेकपा एमालेको भने जनलहर व्यापक मात्रामा बढ्दै गइरहेको छ ।

कुर्सीको लागि दल तथा दलका नेताहरु लडाई गरिरहेको समयमा नेपाली नेताले भने दिन प्रतिदिन देशैभर एमाले रोज्ने क्रम अत्याधिक बढ्दै गएको छ ।

मुलुकको विकास र समृद्धिको बाहकको रुपमा एमाले भएको भन्दै पार्टी प्रवेश गर्नेको लर्को लागिरहेको छ । यसै क्रममा स्याङ्जाको वालिङ १४ लंकाकोटको शनिवार एउटा सिंगो बस्ती नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ ।

उक्त ठाउँमा दर्जनौं कांग्रेसका युवा युवती, वृद्ध वृद्धाको एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्दै नवप्रवेशीले पार्टी तथा राज्यले दिएका जस्तोसुकै जिम्मेवारीलाई सम्हाल्ने बताए । एमाले नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा मुर्छित रहेको जनताको विकास प्रतिको चाहना र आवश्यकता पुरा गर्ने पार्टी भएकाले अबको यात्रा एमालेमा हुने उद्घोषका साथ पार्टी प्रवेश गरेका हुन् ।

कृषी, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालको उपस्थितिमा उक्त गाउँका कांग्रेसका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । पार्टीमा स्वागत गर्दै मन्त्री अर्यालले आवश्यकता र क्षमताको आधारमा नवप्रवेशीलाई पार्टी उचित स्थान र जिम्मेवारी प्रदान गरी काँधमा काँध, हातमा हात मिलाई विकास र समृद्धिको यात्रामा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित भएको : April 13th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु