भोली बाटै काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द

 

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यस अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन सुझाव दिएको छ । अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको बताए ।

यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको पनि उलखे जानकारी दिए । तर यसबारे निर्णय हुन भने बाँकी रहेको छ ।

प्रकाशित भएको : April 13th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु