डब्ल्यूएचओ प्रकरणबाट विश्व लडाईको संघारमा : ताईवानले गोप्य इमेल सार्वजनिक गर्यो !

 

अहिले विश्वभर कोरोना महामारीको कारण २० लाख भन्दा धेरै संक्रमित भएका छन् । मृतकहरुको संख्या पनि उस्तै बढेको छ ।

अहिलेसम्म कोरोनाका कारण विश्वभर १ लाख २६ हजार ७०० भन्दा धेरै भएको छ । यो सँगै विश्वमा एक नयाँ राजनीति सुरु भएको छ ।

हालै अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिदैं आएको झण्डै ४० करोड डलर बराबरको सहयोग रोकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

डब्ल्यूएचओले कोरोना भाइरसको बारेमा समयमा संसारलाई सचेत बनाएन भन्दै आलोचना खेपिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओको कामका बारे प्रश्न उठाए र कोष बन्द गर्ने घोषणा गरेका हुन् ।

यसैबीच, ताइवानले डब्लुएचओमाथि गम्भीर आरोप लगाउँदै डिसेम्बरको ईमेल जारी गरेको छ ।

वास्तवमा ताइवान ति देशहरु भित्र पर्दछ जस्ले कोरोनामा उल्लेखनीय रूपमा बढी नियन्त्रण गरेर समयमा नै आवश्यक कारवाही गर्यो ।

तर ताइवान भन्छ कि उस्ले डिसेम्बर मा डब्ल्यूएचओ बाट जानकारी मागेको थियो तर यसलाई बेवास्ता गरियो ।

३१ डिसेम्बरमा, ताइवानले डब्ल्यूएचओबाट एक व्यक्तिबाट अर्कोमा कोरोना भाइरस फैलने सम्बन्धमा जानकारी मागेको थियो तर डब्ल्यूएचओले यसबारेमा जानकारी दिन अस्वीकार गर्यो ।

ताइवानले सुरुमा चीनमा वुहानको ७ वटा घटनालाई संकेत गर्दै डब्ल्यूएचओलाई जानकारी दिन खोज्यो ।

तर ताइवानले डब्ल्यूएचओले भाइरसको खतरालाई हेरेर चीनलाई खुशी पार्न चीनको निर्देशनमा चलेको आरोप लगाएको छ ।

अहिले अमेरिका लगायत देशहरुले लगाइरहेको आरोप पनि यो नै हो ।

ताइवान एक देश हो जुन चीनबाट १३० किलोमिटर मात्र टाढा अवस्थित छ ।

लगभग ७० वर्ष अघि ताइवानले आफूलाई एक स्वतन्त्र देशको रूपमा घोषणा गर्यो ।

यद्यपि चीनले ताइवानलाई स्वतन्त्र देश मान्दैन ।

चीनले ताइवानलाई विश्व स्वास्थ्य संगठनमा दबाब दिएर डब्ल्यूएचओ सदस्य देशहरूको सूचीबाट बाहिर राख्यो ।

अर्कोतर्फ, ताइवानले विश्व स्वास्थ्य संगठनलाई एउटा व्यक्तिबाट अर्कोमा करोना फैलने बारेमा दिएको चेतावनी डब्ल्यूएचओले अस्वीकार गरेको छ ।

डब्ल्यूएचओले ताइबानले त्यस समयमा यस खालको कुनै जानकारी नदिएको बताएको छ ।

अहिलेसम्म ताइवानमा कोरोना भाइरसका कारण ३९५ जना मात्रै संक्रमित भएका छन् ।

यहाँ ज्यान गुमाउनेहरुको संख्या ६ जना रहेको छ भने बाँकीको उपचार हुँदैछ ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु