खुशीको खबर : कोरोना बिरुद्ध बनाएका खोप मानवमा लगाउँन थालियो

 

कोरोना महामारीलाई लिएर चीनबाट एक सकरात्मक खबर आएको छ ।

चीनबाट नै सुरु भएर विश्वभर त्रास मच्चाइरहेको कोरोना संक्रमण रोक्नका लागि अहिले सिंगो विश्व समुदाय एक ठाउँमा आएको छ ।

आयातित कोरोना संक्रमण रोक्नका लागि चीनले फेरि प्रारम्भिक चरणको मानव परीक्षणलाई दुई प्रयोगात्मक कोरोना भाइरस खोपका लागि अनुमोदन गरेको छ ।

चीनको विश्वास छ कि यस्ले देशमा फेरि बढ्दै गइरहेको कोरोना संक्रमण रोक्न सहयोग गर्नेछ । भिडियो तल अपलोड गरिएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम सिन्हवालाई उद्तृत गर्दै अल जरीराले मंगलबार प्रायोगिक खोप सिनोवाक बायोटेकको बेइजिङस्थित इकाई र वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्सनले खोप विकास गरिरहेका छन् भनेको छ ।

अल जजीराका लागि सारा क्लार्कले हङकङबाट रिपोर्ट गरे कि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पनि परीक्षण अगाडी बढ्ने पुष्टि गरेको छ ।

मार्चमा बेइजिङले सैन्य समर्थित एकेडेमी अफ मिलिटरी मेडिकल साइन्सेज र बायोटेक फर्म क्यानिनो बायो द्वारा विकसित कोरोनोभाइरस खोप उम्मीदवारको लागि अर्को क्लिनिकल परीक्षणको लागि सकरात्मकता प्रदान गरेको थियो, तब अमेरिकी औषधी उत्पादक मोर्डनले यो खोपको लागि भने मानवीय परीक्षण अमेरिकी स्वास्थ्य संस्थानहरूमा शुरू भएको बताएका थिए ।

क्लार्कले भने, ‘हामी अहिले पुष्टि गर्न सक्छौं कि तीन विशेष खोपहरू चीनमा परीक्षण भइरहेका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले भनेको छ कि उनीहरूले विश्वव्यापी रुपमा खोपहरुको व्यापक उत्पादन गर्न सक्षम गर्नु अघि धेरै शर्तहरु स्पष्ट पार्नुपर्नेछ ।’

अहिलेसम्म, चीनमा ८२ हजार २९५ कोरोनोभाइरस संक्रमित हुँदा ३ हजार ३४२ व्यक्तिको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

पछिल्ला २४ घण्टामा कुनै गम्भीर घटनाहरू फेला परेका छैनन् तर नयाँ १०० नजिक संक्रमितहरु फेला परेका छन् । यी सबै केशहरु अन्य मुलुकहरुबाट चीन फर्कनेहरुमा देखिएको संक्रमण हो ।

विश्व स्वास्थ्य संगठनले यस भाइरसको खोप विकास हुन एक वर्ष लाग्ने बताउँदै आएको छ ।

विश्वभरका वैज्ञानिकहरू कोरोनोभाइरस विरुद्धको खोप विकास गर्ने दौडमा दौडिरहेका छन् ।

अहिलेसम्म यस महामारीले विश्वभर १ लाख २६ हजार भन्दा धेरैको ज्यान लिएको छ । अहिले पनि संक्रमितहरुको संख्या करीव २० लाख नाँघ्न लागेको छ ।

क्लार्कले दिएको जानकारी अनुसार चीनमा पहिलो अनुमोदित खोपले यसको दोस्रो चरणको परीक्षण सुरु गरिसकेको छ ।

उनले भने, ‘पहिलो चरणमा जम्मा ५०० जनाले यस खोपको सुरक्षालाई ध्यानमा राखी स्वयंसेवक गरे तर दोस्रो चरणमा प्लेसबो नियन्त्रण समूह सुरु गरिएको छ ।’

हङकङ विश्वविद्यालयका प्याथोलोजीका क्लिनिकल प्रोफेसर, जोन निकोल्जले खोपहरू निर्माणमा हतार गर्न सकिदैन भनेका छन् ।

उनको टोली मुख्य भूमि चीन भन्दा बाहिर अनुसन्धानका लागि एक प्रयोगशालामा भाइरस पुनरुत्पादित गर्ने टोलीहरु मध्यको एक हो ।

निकोलसले अल जजीरासँग भने, ‘सामान्यतया खोपहरू तपाईं साना जनावरहरूबाट परीक्षण सुरु गर्नुहुन्छ र त्यसपछि प्राइमेटहरू र मानवमा जान्छ ।

उनीहरूले सीधा मानिसहरूमा परीक्षण गरेको जस्तो देखिन्छ जुन धेरै साहसी निर्णय हो ।

यस रोगका अधिकांश मृत्यु वृद्धहरू हुन्छन्, त्यसैले हामीले परीक्षण गर्दा ख्याल गर्नुपर्ने सबैभन्दा उत्तम कुरा भनेको एन्टि–बडी प्रतिक्रिया युवाहरूमा भन्दा वृद्धहरूमा के हुन्छ भनेर हेर्नुपर्छ ।’

यसैबीच, मंगलबारको एक रिर्पोटमा चीनका लागि उत्तरी छिमेकी रसिया ४०९ संख्याका साथ आयातित संक्रमणहरूको सबैभन्दा ठूलो स्रोत भएको बताइएको छ ।

सोमबार मुख्य भूमि चीनमा रेकर्ड गरिएका ८९ वटा नयाँ घटनामध्ये ७९ जनालाई चीनको उत्तरपूर्वी सिमा प्रान्त हेलोंगजियांगमा कोरोना भाइरस देखिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक हुन् जो रुसबाट घर फर्केका थिए ।

सोमबार चिनियाँ प्रधानमन्त्री ली केकियांगको अध्यक्षतामा बसेको बैठकमा चीनको कोरोनाभाइरस टास्कफोर्सले आफ्नो सीमानामा बढी स्वास्थ्य स्रोत परिचालन गर्ने निर्णय गरेको छ ।

यसले सीमा क्षेत्रहरुमा अस्पताल निर्माण र छिमेकी देशहरुसंगको सहयोगलाई अझ मजबुत बनाउँदै क्वारेन्टाइन स्थापना गर्ने जनाइएको छ ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु