२५ हजार मजदुरको खातामा सलमान खानले पठाए २ करोड ३८ लाख रुपैंयाँ

 

बलिउड अभिनेता सलमान खानले २५ हजार श्रमिकहरुको खातामा ६ हजार भारु अर्थात ९ हजार ५५० नेपाली रुपैयाँका दरले रकम जम्मा गराएका छन् ।

कोरोना भाइरसका कारण बन्द भएको फिल्म उद्योगमा दैनिक ज्यालामा काम गरिरहेका धेरै कामदारहरूलाई जीविका चलाउन मुस्किल भइरहेको बेला खानले यो सहयोग दिएका हुन् ।

खानले यस संकटबाट सलमान खानले २५ हजार कामदारहरूलाई सहयोग गर्न अगाडी आएर सबैलाई ६ हजारका दरले सहयोग रकम दिएका हुन् ।

सलमान खानले सहयोग दिएको कुरा पश्चिमी भारत सिने कर्मचारी संघ (एफडब्ल्यूईसीआईएस) ले जानकारी दिएको छ ।

एफडब्ल्यूईसीआईएसले खानलाई कामदारहरूको खाता नम्बर उपलब्ध गराएको थियो, जुन खातामा पछि सलमान खानले पैसा जम्मा गर्दिए ।

अशोक दुबेले स्पटबोयलाई दिएको एक अन्तर्वार्तामा भनेका छन, ‘गत दुई वर्षदेखि एफडब्ल्यूआईसीको महासचिव हुँ र सलमानले यस अवधिमा करिब १.५ करोड सहयोग गरे ।

यस अघि हामीले उनीहरूलाई १९ हजार कामदारहरूको सूचि दियौं, त्यसपछि बाँकी रहेका कामदारहरूको सूची पनि दिइयो, जसमा सलमानले प्रत्येक खातामा प्रति महिना ३ हजारका दरले ६ हजार राहत रकम स्थानान्तरण गरे ।’

यो सँगै सलमान खानले ट्रकमा भरेर गरीबहरूका लागि खाना पठाउँदै आएका छन् ताकि कोही भोक–भोकै मर्नु नपरोस् ।

सलमानले कुनै सहायता घोषणा गरेनन् तर उनका साथी बाबा सिद्दिकीले ट्विटरमा गोदामको तस्विर साझा गरे जसमा खाद्य सामान बोकेका ट्रकहरू उभिएका देख्न सकिन्छ ।

बाबाले यो तस्वीर साझा गर्दै लेखे, ‘तपाईं सधैं अरूलाई मद्त गर्न एक कदम अगाडी हुनुहुन्छ र फेरि यो सत्य साबित गर्नुभयो ।’

उनले कोरोनाभाइरस विरुद्धको लडाँईमा साथ दिएकोमा र गरिबहरुको हेरचाहको लागि ध्यान दिएको भन्दै खानलाई धन्यवाद पनि भनेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु