प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले सम्झौता फेक भयको यसरि राखे प्रमाण

 

 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई जोडेर बिहीबार प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले विदेश मामिलाजस्तो संवेदनशील विषयमा गरिने खेलबाडप्रति सचेत हुन सबैमा आग्रह पनि गरेका छन् ।
केपि शर्मा ओलि र रअ प्रमुख बिच भएको गोप्य भेट भन्ने उज्यालो नेटवर्कबाट आएको न्युज फेक भएको पुष्ठि भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलि र रअ प्रमुख बिच गोप्य भेटवार्ता भएर सहमति भएको भनी सामाजिक सन्जालमा भ्रम फैलाउने पत्र इटिड गरि न्युज सेयर गरेको प्रष्ट देख्न सकिन्छ ।

प्रधानमन्त्री केपि शर्मा ओलिको आधिकारिक हस्ताक्षर नभएको उक्त पत्र फेक रहेको विभिन्न कारण हरुले पुष्टि गर्दछ ।

पत्रको सुरुमा अनअफिसियल ट्रान्सलेसन लेखिएको पाइनु र प्रधानमन्त्री केपि शर्मा ओलि र गोयलको आधिकारिक हस्ताक्षर नहुनु , फोटोकपी पेपर को न्युज बन्नु लगायत का थुप्रै कारण ले न्युज फेक रहेको  एमाले निकट नेता /कार्यकर्ता हरु बताउछन । उज्यालो नेटवर्क मा लेखिएको न्युज यस्तो छ

” प्रधानमन्त्री खड्गप्रसाद ओली र भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको खुलासा भएको छ ।

२०७७ साल कार्तिक ५ गते विशेष विमानमार्फत काठमाडौं आएका रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा मध्यराति ३ घण्टा छलफल भएको थियो ।

छलफलको क्रममा ओली र रअ प्रमुख गोयलबीच के कुरा भयो भन्ने तथ्यगत जानकारी बाहिर आएको थिएन । सो भेटमा ओली र गोयलबीच ४ बुँदे सहमति भएको खुलेको छ ।

प्राप्त सहमति पत्रमा लेखिएअनुसार ओली र गोयलबीच नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्नेदेखि अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सघाउनेसम्मको विषय उल्लेख छ ।

सहमतिको पहिलो बुँदामा नेपाल र भारतको बीचमा भएका कुनै पनि समस्याहरु वार्ताको माध्यमबाट समाधान गरिने उल्लेख गरिएको छ ।

त्यस्तै बुँदा नम्बर २ मा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कदममा भारतले स्वागत र साथ दिने उल्लेख गरेको छ ।

त्यस्तै बुँदा नम्बर ३ मा नेपाल भारत सीमा सम्बन्धी समस्या उच्चस्तरबाट हल गर्न सहमत भएको उल्लेख छ । त्यस्तै कालापानी लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकिन अन्य कदम नचाल्ने ओलीका प्रतिबद्धता उल्लेख गरेका छन् ।

यसैगरी बुँदा नम्बर ४ मा भने भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा साथ दिने उल्लेख छ । एमसीसीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ र सहयोग गर्ने विषय पनि उल्लेख गरेका छन् ।

सहमतिपत्रमा नेपालको तर्फबाट प्रधानमन्त्री ओली र भारतको तर्फबाट गोयलले हस्ताक्षर गरेका छन् । “

पछिल्लो समय प्रचण्ड र माधव नेपाल समुहले केपि शर्मा ओलिको बढ्दो लोकपि्रयता लाई खस्किएको देखाउन मिडियाको गलत प्रयोग गरि केपि ओलिको बदनाम गराउने गरेको छ ।

प्रकाशित भएको : April 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु