२०७८ सालमा ओली झनै शक्तिशाली हुने ज्योतिषहरुको खुलासा यस्ता छन् कारण

 

ज्योतिषहरुले नयाँ वर्ष २०७८ मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली
झनै शक्तिशाली हुने दाबी गरेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्
कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्योतिषहरु विहङ्मराज तिमिल्सिना,

डा. बासुदेवकृष्ण शास्त्री र डा. रुद्रनाथ अधिकारीले नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ ? भनेर भविष्यवाणी गरेका थिए ।

डा. शास्त्रीले धर्म कहिल्यैपनि परिवर्तन नहुने बताए । लोभ, क्रो ध र मो हले
आस्था परिवर्तन गर्नेहरुको संख्या बढेको सुनाए । डा. अधिकारीले २०७८ सालको सुरुवात बैशाखमा राजनीतिमा समिकरणको सुरुवात गराउने सुनाए ।

उनले प्रधानमन्त्री ओली विजय सुनिश्चित रहेको सुनाए ।
सन् २०२५ सम्म प्रधानमन्त्री ओली बलसाली रहने उनको दाबी छ ।

उनले नेपालमा राजसंस्थाले पनि अब स्थान पाउने दाबी गरे ।

प्रकाशित भएको : April 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु