यो कस्तो दा दा गि री ४० किलो चामलकै कारण घर जग्गा निलाम

 

महोत्तरीमा मिटरव्याजीहरुको दादागिरी बेलाबखतमा उजागर भइरहेपनि प्रहरी प्रशासनको
उदासिनता र पैसाको चलखेल गरेर मिटरव्याजीहरु गरिबहरुलाई अहिले पनि शोसन गर्दे आएको छ ।

सरकारले विना दर्ताको पैसा लेनदेन गर्न नपाइने भन्दै ऐन कानुन ल्याएको छ तर त्यही कानुनको
रखबालाहरुलाई आर्थिक प्र लोभनमा पारेर मिटर व्याजीहरुको कालो ध न्धा अहिले पनि जारी नै रहेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका वाडा नं १ धिरापुरमा अहिले यस्तै मिटर व्याजीको कालो क र्तुत सामुने आएको छ ।
धिरापुर बस्ने तेतरी देवीले करिब ७ बर्ष पहिला गाउँकै एक जना साहु सँग आफनो बच्चाहरुको लालनपालन गर्नका

लागि ४० किलो चामल सापटी लिएकी थिइन । साहुले ४० किलो चामल दिए वापत तेतरी सँग एउटा सदा कागजमा
हस्ताक्षर गराए ।

पढन लेखन नजानेका तेतरी कस्तो कागजमा हस्ताक्षर गरेको थाहै पाएनन र उनी घर आए ।
एक बर्ष पछि तेतरी ४० किलो चामलको पैसा साहुलाई दिन जाँदा साहु जगदिश साहले
२० हजार रुपैया माँग गरे र तेतरी देवीले जसोतसो रुपैया पनि दिइन ।

२० हजार पैसा पाएपछि साहु जगदिश साहले तेतरीलाई तिमिले मेरो चामलको पैसा दियोै
भनेर हस्ताक्षर सादा कागजमा गराउँन लगाए । अनपढ तेतरीले फेरी औंठाछाप गरिदिइन ।

दिनवित्दै गयो र अहिले ६ बर्ष पछि साहु जगदिश साहले तेतरी माथि ९ लाखको मुदा अदालतमा दिएका छन् ।

प्रकाशित भएको : April 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु