धेरै समयपछि प्रधानमन्त्रीले मलाई फोन गर्नु भयोःप्रचण्ड

 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्। कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न दक्षिणी ललितपुर पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताए।

भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए। ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि,’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ।’

कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै प्रचण्डले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु।’ उनले पूर्वाधार विकासमा सहयोग गर्ने बचन समेत दिए। ओली र दाहालबीच पछिल्लो समय संवाद हुनसकेको थिएन।

प्रकाशित भएको : April 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु