कोही जोगी त कोही सर्वभोगी – भरत राज ढकाल

 

कोही जोगी त कोही सर्वभोगी

कोही त्रसित, कोही हर्षित

कोही गलेका, कोही फलेका

कोही अस्त व्यस्त, कोही दस्तुरी मै मस्त

यस्तै छ यहाँको खबर

कोही लज्जित त कोही हर्षित

फुटेका कुर्कुच्चा ,नबसी थुचुक्क

दुईथरी तुना ,लुक्दै कुना

खाली डम्फू ,बेरोजगार लम्फु

भरेर आँखा ,सम्झी गाउँ पाखा

लामो बाटो ,मुटुमा गाँठो

बोकेर भारी ,भेट्नलाई पियारी

एउटा ठिटो ,हिड्यो छिटो छिटो

रोग आयो , मौका ल्यायो

दस्तुरीको खेलो ,मिलयो मेसो मेलो

भोकै परुन ,मर्ने मरुन

आफू त मरिन्न ,नखाई छोडिन्न

मेरा भेडा मेरै हुन ,विरोध गर्ने गिद्द हुन

न महामारी, न अनिकाल , म खान्छु, तँलाई के बाल?

त्यसैले ; कोही रोगी, कोही भोगी

कोही सडेका, कोही बढेका

कोही लम्पसार, कोही हतार

यस्तै छ यहाँको चलन

कोही जोगी त कोही सर्वभोगी

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु