भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

 

काठमाडौं । भारतमा लगातार सातौं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ६० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् ।

जुन महामारी फैलिएयताकै धेरै हो । सोमबार भने भारतमा करिब ३ लाख २३ हजारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अघिल्लो दिनको तुलनामा सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । यसअघि आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित भएको : April 28th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु