
पोखरा-१९
बिद्यालय भन्ने बित्तिकै पठन पाठन गर्ने थलोको रूपमा चिनिन्छ।तर अहिलेको परिवेश हेर्ने हो भने बिद्यार्थीहरूलाई किताबि ज्ञान सँग-सँगै अतिरिक्त किर्याकलापको पनि उतिक्कै आवश्यक पर्छ जसबाट बिद्यार्थीको व्यक्तित्व र नेत्रित्व बिकास सम्भब हुन्छ।यहि कुरालाई ध्यानमा राखेर पोखरा-१७बिरौटा स्थित रहेको शिशु निकेतन अंग्रेजी माध्यामिक बिद्यालयले “पब्लिक स्पिकिगं आईकन २०७६” आयोजना गर्न लागेको छ।
जस अन्तर्गत कक्षा ६ र ७ का बिद्यार्थीहरूलाई समाबेश गरिने छ।कुल ईच्छुक १८० बिद्यार्थी मध्य अडिसन पार गर्न सफल करिब उत्कृस्ट ४०बिद्यार्थीलाई मात्र प्रतियोगिताको फाईनलमा लाने बिद्यालयका प्रिनशिपल नरेन थापाले बताएका छन्। बिद्यार्थीहरूले यस बर्ष देखि उद्घोषण र व्यक्तिव बिकास संबन्धि कक्षा पनि लिईरहेका छन्।
अडिसनमा बिद्यार्थीहरूले लिखित प्रश्नको उत्तर दिने छन् भने फाईनलमा प्रश्नको उत्तर मौखिक रूपमा दिनुपर्ने हुन्छ जसबाट बिद्यार्थीको सार्बजनिक बोल्ने कला कस्तो छ भन्ने कुरा देख्न र सुन्न सकिने छ।फाईनल राउन्डमा निर्णायकहरूले सामाजिक शिक्षा,अंग्रेजी र बिज्ञान सम्बन्धित प्रश्नहरू सोध्ने छन्।
उत्कृष्ट उत्तर दिने बिद्यार्थीहरूलाई क्रमश:बिजेता र उपबिजेता घोषणा गरिने छ र पुरस्कार समेत दिईने छ।बिद्यालयले यस अघिपनि बिद्यार्थीहरू बीच अन्य अतिरिक्त कृयाकलापका प्रतियोगिताहरू आयोजना गर्दै आएको छ।यस पटक गर्न लागेको यो प्रतियोगितामा भने बिद्यार्थीको उत्साहजनक सहभागिता रहेको बिद्यालयले जनाएको छ।प्रतियोगिताको फाईनल यहि महिनाको अन्तिम सातामा गरिने छ।
प्रतिकृया दिनुहोस्