चीनले कोरोना भाइरस महामारीका बारेमा कडा प्रश्नहरूको जवाफ दिनुपर्छ : बेलायत

 

बेलायत र उसका सहयोगीहरूले कोरोना भाइरस प्रकोपका बारेमा चीनलाई ‘कडा प्रश्नहरू’ सोध्ने बताएको छ।

‘यो संकट पछि हामी पहिलाको जस्तैगरी व्यापार गर्न सक्दैनौं’, बेलायती विदेशमन्त्री डोमिनिक राबले बिहीबार बिहान भने।

‘हामीले भाइरस कसरी सुरु भयो र यसलाई पहिले किन रोक्न सकिएन? भन्ने बारेमा कडा प्रश्नहरू सोध्नुपर्छ,’ रावले डाउनिंग स्ट्रीटमा आयोजित पत्रकार सम्मेलनमा बेइजिइसँगको भावी सम्बन्धबारे सोधिएपछि भने।

२०१९ को अन्त्य तिर चीनको वुहानमा यो भाइरस देखा परेको थियो।

रावका अनुसार महामारी शुरु भएका दिनहरूमा चीनमा के भएको थियो?, विश्वलाई थाहा दिनुपर्छ।

उनले संकटको गहिरो पुनरावलोकन गर्नुपर्ने र यो प्रकोप कसरी सुरु भयो भन्ने कुरा समेत त्यसमा समावेश हुनुपर्ने बताएका छन्।

उनले महामारीको उत्पत्ति सहित बेलायतका सबै पक्षको समीक्षा विज्ञानमा आधारित हुनुपर्ने र सन्तुलित ढंगमा हुनुपर्ने बताए।

‘तर यो महामारीपछि हामी सामान्य रूपमा व्यापार भने गर्न सक्दैनौं भन्ने कुरामा कुनै शंका छैन’,राबले भने।

एजेन्सी

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु