देउवा र प्रचण्ड छलफलपछि वर्षमान पुनले भने- हामी बहुमतको सरकार दाबी गर्छौं

 

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले बहुमतको सरकार दाबी गर्ने तयारी गरिरहेको बताएका छन्।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफलपछि बाहिरिएका पुनले आफूहरूले अब बहुमतको सरकार बनाउने गरी दाबी प्रस्तुत गर्ने बताए।

 

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने गरी तयारी गरिएको उनको भनाइ छ।

देउवा र प्रचण्डसँगको छलफलमा माओवादीबाट नेता पुन र कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण सहभागी थिए।

खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट बहुमत नपाउने बताए। प्रधानमन्त्रीले बहुमत नपाएपछि राष्ट्रपतिले नयाँ सरकार बनाउन दलहरूलाई आग्रह गर्ने खाँणको विश्वास छ।

प्रकाशित भएको : May 10th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु