
सुमनराज पौडेल
अफिस बन्द छ , व्यवसाय ठप्प छन् कोरोनाको महामारी दिन प्रतिदिन बढ्दो छ ,त्यसैले पनि आफ्नो अनि आफ्नो परिवारको सुरक्षाको निम्ति घर भित्रै बस्नु पर्ने अवस्था आएको छ र घरमै बसिरहेका छौ ।यसरी बसिरहँदा समय फुर्सदिलो बनेको छ ,मनमा अनेकौं कुराहरू खेलिरहेका छन् , सबथोक बन्द छ ब्याज अनि एक मुठ्ठी सास भने चलिरहेको छ !
घरमा बसिरहँदा समाचार हेरिरहेको छु कहाँ के कस्तो अवस्था भइरहेको छ भनी ,त्यही बीचमा एउटा समाचार आयो प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत पुगेन रे अब भनिदेऊ जीत कसको भयो ?
कसको हार भयो ?
यति भएसी जनताले न्याय पाउँछन् ?
दुई छाक पेटभरि खान पाउँछन् ?तिमी उता कुर्चिका निम्ति लडिरहदा जनता यता अक्सिजन को अभावमा मरिरहेका छन् ।
तिमी यसलाई के भन्छौं ?
सामान्य मृत्यु ,
या तिमी आफैले गरेको हत्या ?
के स्वीकार्न सक्छौं आफ्नो गल्ती ?
के गर्न सक्छौ आफैमा आत्मआलोचना ?
अह सक्दैनौं नी ,
यदि बनाउन सक्दैनौं भने किन भत्काउँछौ किन गर्छौ घ्रिणा गर्ने व्यावहार ।
ए सरकार भनिदे अब म के गरौं ?
हातमा सीप छ,
दराजमा पासपोर्ट छ ,सिरानी मुनि अनेकौ सर्टिफिकेट ,आँखा भरी देखिएका हजारौं सपना अनि मनभरी गुम्सिएका अनगिन्ती पीडाहरू ,अब यो पनि सुन बैंकमा घर खेत लिलामी हुने अवस्था मा छ ।
सरकार के त सुन्न सक्छस ?
के देख्ने आँखा , सुन्ने कान ,अनि महसुस गर्ने मन छ ?
तिमी कुन स्वर्थको खोल ओडेर राजनीति मा आयौ ?
तिमी त लाजतिनी मा लाग्नु पर्ने थुप्रै पुरस्कार पाउने थियौं सायद ।।
एकातिर जनता जिवन मृत्यु सँग लडिरहेका बेला तिमी कुर्चीका निम्ति मरिरहेका छौ ,
ए सरकार र सुन्दैनस की बुझ्दैनस्
सरकार त हर्दैनस की हेर्न चाहँदैनस् ।मैले बगाएको पसिनाको करले तेरो परिवार पाल्दिनु पर्ने ?
भानिदे न अनि मेरो परिवार कसले पाल्दिने ?
सरकार त बाट के कुराको आश गरौं र अझै पनि यही पसिना बगाउ ?
सरकार अब ममा त्यो हिम्मत छैन ।
हेर्नु छैन मलाई मेरी आमाका फाटेका पैताला अनि चिरिएका बा का हातहरू सँगै खुट्टा कमाउँदै काधमा हलो बोकेर साहुको मेलामा जानुको बाध्यता ।
भो मलाई सुन्नु छैन बहिनी स्कुल बाट फर्कदै गर्दा भोगेका अनेकौं चित्कार ।
सरकार त सुन्दै छस् ?
भनीदे न म के गरौं ?
समृद्र अनि सुखी नेपालको कल्पना गरिरहँदा हरेक बिहान नयाँ जोस लिएर उठ्ने म तर आजभोलि मनमा अनेकौ रहरहरु उम्रन नपाउँदै हत्या भएका छन।
सरकार म त सँग एउटा कुरा माग्छु ,
अब मलाई यहाँ बस्नु छैन पुग्यो, आफ्नै जन्मभूमि पनि बिरानो लाग्न थाल्यो ,आफ्नै अभिभावक पनि गुमाए जस्तो लाग्यो ।
सहारा दिने हात पछि हटे जस्तो लाग्यो ,देश र जनताको निम्ति भन्दा पनि आफ्नै निम्ति लडिरहे जस्तो लाग्यो ।
भो सरकार म हारे सक्दिन अब अझै सपनाहरूको हत्या गर्न मेरो बाटो छोडिदे म तेरो देशको असल नागरिक बन्न सकिन तलाई मैले बुझाएको करले पुगेन ,मलाई परदेश पठाइदे म रेमिट्यान्स पठाउँछु भो म विदेश जान्छु उतै बाट आफ्नो घर चलाउँछु ।।