
जनकपुरधाममा दुई जना अपरिचित महिलाले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्।
जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुई महिलाले सडक र पसल छेउमा पैसा फालेर भागेपछि स्थानीयबासी त्रसित भएका हुन्।
आज दिउँसो करिब एक बजेतिर दुई जना महिलाले १० रुपैयाँको नोट फ्याँकेर भागेको स्थानीयबासीको भनाइ छ।
नीलो र हरियो रंगको साडी लगाएका उनीहरूले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा पैसा फ्याँक्दै भागेको स्थानीयबासीले बताए।
‘सडकमा पैसा किन फालेको?’ भन्दै सोधेपछि दुबै जना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयबासीको भनाइ छ।
‘निलो र हरियो रंगको लुगा लगाएका दुई जना महिला १०/१० रुपैयाँको नोट सडकमा फाल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फालेको सोधेपछि दुबै जना महिला भागे,’ महावीर चोकका एक स्थानीयले भने।
त्यसपछि आफूहरूले प्रहरीलाई तत्काल खबर उनीहरूले बताए। घटनास्थलमा पुगेको प्रहरी टोलीले नोट फालिएको स्थानमा स्यानिटाइज गरेको छ।
ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।
‘सडकमा १०/१० रुपैयाँ छरिएको अवस्थामा हामीले फेला पारेका छौं, उनीहरूले किन ती नोट फालेका हुन्।
त्यसको समेत अनुसन्धान सुरू गरेका छौं,फाल्ने व्यक्तिहरूको खोजी समेत भइरहेको छ’, इन्स्पेक्टर झाले सेतोपाटीसँग भने।
सडकमा फालिएका नोट तीन चार जनाले उठाएका छन्।
प्रतिकृया दिनुहोस्