जोगबनी हुँदै सप्तरीबाट उदयपुर आएका थिए १२ संक्रमित, अन्य पनि विवाहमा सहभागी थिए

 

उदयपुरका १२ जनासहित शुक्रबार नेपालभर १४ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २६ वर्षे १ जना गरी १२ जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमध्ये १ जना नेपाली र ११ जना भारतीय नागरिक हुन् ।

संक्रमितहरु नेपाल-भारतको जोगबनी नाका हुँदै सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको ‘नेपाल इज्ति’मा सहभागी हुन आएका थिए ।

त्यसपछि फागुन २५ गते जिल्लाकै चौदण्डीगढी नगरपालिका- ५ स्थित शिवाई मस्जिदमा पुगेका थिए उनीहरू ।

त्यहाँ ५ दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको चौदण्डीगढी- ५ का वडाध्यक्ष देवनारायण चौधरीले बताए ।

चैत्र ११ गते मोहमद मुस्लिम मियाँको छोरीको विवाहमा सहभागी हुन ६ जना भारतबाटै चैत्र ८ गते आएका थिए । उनीहरु विवाह भएकै घरमा बसिरहेको पनि वडाध्यक्ष चौधरीले बताए ।

वीरगञ्जको मस्जिदमा लुकेर बसेका ३ मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनले मस्जिदको अनुगमन गरेको थियो ।

अगुगमनका क्रममा मस्जिदमा उनीहरु लुकेर बसेको अवस्थामा भेटिएका थिए । मस्जिदमा बस्दै आएको समूहलाई सामाजिक दुरी कायम गरी राखिएको थियो ।

स्थानीयका अनुसार उनीहरू एउटै भान्सामा खाने गरेकाे र सामाजिक घुलमिल गरिरहेको अवस्थामा थिए ।

संक्रमित भेटिएपछि त्रियुगा नगरपालिका- ३ भुल्केमा रहेको मस्जिद क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

संक्रमितहरु प्रादेशिक अस्पताल विराटनरमा

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा रहदै आएका १२ जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएपछी उनीहरुलाई विराटनगरको प्रादेशिक अस्पत्तालको आईसोलेशनमा राखिएको छ ।

उनीहरुलाई गएराति एम्बुलेन्समा विराटनगर पठाईएको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले बताए ।

कोशी अस्पतालमा गरिएको परिक्षणमा १२ जनाको पोजेटिभ देखिएको र थप परिक्षणका लागी स्वाईव नमुना काठमान्डौ स्थित राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो । टेकुले समेत पोजेटिभ पाईएको पछी कोरोना पुस्टी भएको हो ।

संक्रमण पुष्टि भएपछि हाल त्रियुगा नगरपालीका ३ भुल्के आपसास क्षेत्र र नेपाली सेनाको १८ बाहीनी क्षेत्र समेत त्यही भएका कारण यतिवेला सो क्षेत्रका स्थानियहरु र नेपाली सेनामा त्रास छाएको छ भने समग्र उदयपुर सहित छिमेकी जिल्लाका स्थानिय हरु त्रसित भएका छन ।

हाल मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । भुल्के क्षेत्र प्रवेश गर्ने सम्पुर्ण नाकाहरु पुर्ण रुपमा शिल गरीएको छ ।

भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर उनीहरु विराटनगरको जोगबनी हुँदै आएको स्थानीयवासीले बताएका छन् ।

उनीहरुले लकडाउन अगाडि नै नेपाल आएको बताए पनि स्थानीयले भने लकडाउनको समयमा चोरबाटो हुँदै भुल्केको मस्जिदमा आएर लुकी बसेको दाबी गरेका छन् ।

जिल्लाको त्रियुगा नगरपालीमा कोरना पुस्टी भए संगै जिल्लाका अन्य पालिकाहरुमा समेत सर्तका अपनाउन थालिएको छ ।

Related Article

सुनसरीमापनि यस्तो अवस्थामा भेटिए ६ जना विदेशी मुसलमान

सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमापनि ६ जना विदेशी भेटिएका छन् । उनीहरु त्यहाँ आश्रय लिएर बसेको खुल्न आएको छ ।

६ विदेशीलार्ई शुक्रबार स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ १ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताउनुभयो ।

उनीहरुलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ ।

मस्जिदमा भारतका मुम्बई, पटना, इलाहावादलगायत स्थानबाट आएका र दुई नेपालीसमेत छन् ।

यसैबीच प्रदेश नं १ का मस्जिद, मदरसा र छात्रावासमा बस्दै आएका मानिसलाई खाली गर्नका लागि नेपाल मुस्लिम संघले आग्रह गरेको छ ।

प्रदेशका मस्जिद, मदरसा र छात्रावासमा आवश्यक कर्मचारी, एमाम र मोअज्जिनबाहेक अन्यलाई नबस्नका लागि आग्रह गरिएको सचिव नइम अन्सारीले बताउनुभयो ।

मुसलमान समुदायको प्रतिष्ठा बचाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाउन आग्रह गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिनुभयो ।

सातबुँदे अपिलमा कोही मस्जिदलगायत ठाउँमा बसेका भए प्रहरी वा स्थानीय सरकारलाई खबर गरी क्वारेन्टाइनमा बस्न भनिएको छ ।

Related Article

विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको विश्वविद्यालयले १० लाख डलर सहयोग गर्ने

काठमाडौं । अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर सहयोग गर्ने भएको छ ।

एमआईटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीका लागि सहयोगको घोषणा गरेको हो ।

यस्तो सहयोग एमआईटीकै कोर्स अध्ययन गरिरहेका वा फेडेरल युनिभर्सिटीको कोर्स एमआईटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रदान हुने विश्वविद्यालयले जनाएको छ ।

एमआईटीको मेलवर्न र सिड्नी दुवै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यो सुविधा पाउनेछन् ।

यो योजनामा एक विद्यार्थीले पाँच सय डलरसम्मको सहयोग पाउनेछन् ।

यद्यपि, वितरण मापदण्ड बन्न बाँकी छ ।

एआईटीले विदेशी विद्यार्थीहरुले गरेको योगदानको कदर गर्दै उनीहरुलाई यो संकटको घडीमा सहयोग गरिने बताएको हो ।

अहिले अष्ट्रेलियामा महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनले पार्टटाइम काम गरेर पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी खोसिएपछि उनीहरु आर्थिक समस्यामा परेका छन् ।

Related Article

जनकपुरधाममा जब अपरिचित महिलाले पैसा फाल्दै हिँडे, स्थानीयबासी त्रसित

जनकपुरधाममा दुई जना अपरिचित महिलाले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्।

जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुई महिलाले सडक र पसल छेउमा पैसा फालेर भागेपछि स्थानीयबासी त्रसित भएका हुन्।

आज दिउँसो करिब एक बजेतिर दुई जना महिलाले १० रुपैयाँको नोट फ्याँकेर भागेको स्थानीयबासीको भनाइ छ।

नीलो र हरियो रंगको साडी लगाएका उनीहरूले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा पैसा फ्याँक्दै भागेको स्थानीयबासीले बताए।

‘सडकमा पैसा किन फालेको?’ भन्दै सोधेपछि दुबै जना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयबासीको भनाइ छ।

‘निलो र हरियो रंगको लुगा लगाएका दुई जना महिला १०/१० रुपैयाँको नोट सडकमा फाल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फालेको सोधेपछि दुबै जना महिला भागे,’ महावीर चोकका एक स्थानीयले भने।

त्यसपछि आफूहरूले प्रहरीलाई तत्काल खबर उनीहरूले बताए। घटनास्थलमा पुगेको प्रहरी टोलीले नोट फालिएको स्थानमा स्यानिटाइज गरेको छ।

ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

‘सडकमा १०/१० रुपैयाँ छरिएको अवस्थामा हामीले फेला पारेका छौं, उनीहरूले किन ती नोट फालेका हुन्।

त्यसको समेत अनुसन्धान सुरू गरेका छौं,फाल्ने व्यक्तिहरूको खोजी समेत भइरहेको छ’, इन्स्पेक्टर झाले सेतोपाटीसँग भने।

सडकमा फालिएका नोट तीन चार जनाले उठाएका छन्।

प्रकाशित भएको : April 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु