अमेरिकीहरू बन्दूक बोकी सडकमा उत्रिए, आखिर के गरे ट्रम्पले ?

 

मेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन चाँडै खुकुलो पार्ने बताइरहँदा केही प्रदर्शनकारी भने बन्दूक बोकर प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले लकडाउन चाँडै अन्त्य हुनुपर्ने माग राख्दै राज्य सरकार (गभर्नर) हरु विरुद्ध प्रदर्शन गरेका हुन् । जसलाई राष्ट्रपति ट्रम्पले पनि समर्थन जनाएका छन् ।

अमेरिकाको विशेषगरी मिशिगन राज्य र अन्य ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, लगायत राज्यमा लडकाउनको विरोधमा प्रदर्शन भएको छ ।

केही ठाउँमा बन्दूक बाेकेर नै प्रदर्शनकारी विराेध उत्रिएका थिए भने अधिकांश ठाउँमा प्लेकार्ड र झण्डा बाेकेका थिए ।

न्यूयाेर्क टाइम्सका अनुसार प्रदर्शनकारीहरूबारे फक्स न्यूजले एक रिपोर्ट प्रकाशित गरेकाे दुई मिनेटपछि नै ट्रम्पले ट्वीटहरूको श्रृंखला थप्दै घोषणा गरे, “लिबरेट मिशिगन!” र “लिनेरेट मिनेसोटा !” ती दुई राज्यहरूमा डेमोक्र्याटिक गभर्नरहरूले कडा सामाजिक दूरी र प्रतिबन्धहरू लगाएका छन् ।

तर ट्रम्प ती प्रतिबन्ध हटाउने पक्षमा छन् । उनले एकपछि अर्को ट्वीटहरू गर्दै ती राज्यहरू ‘खुला छाड्नुपर्ने’ बताएका हुन् ।

बीबीसीका अनुसार यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् । लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् ।

ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह गरेका छन् । उनले प्रदर्शनकारीलाई गभर्नरहरुविरुद्ध उक्साइरहेको आरोप समेत लागेको छ ।

पछिल्लाे एक ट्विटमा उनले न्यूयाेर्क राज्यका गभर्नरकाे कडा अालाेचना समेत गरेका छन् ।

विश्व स्वास्थ्य संगठन तथा चिकित्सकहरूले भने काेराेना महामारी न्यूनीकरण गर्न लकडाउन र प्रतिबन्धहरू कायम राख्नु सुझाव दिइरहेका छन् ।

प्रकाशित भएको : April 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु