लम्कीचुहाका कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट यस्तो देखियो

 

सुदूरपश्चिम प्रदेश अन्तर्गत धनगढीस्थित लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ।

कोरोनाभाइरस संक्रमण देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको सेतोपाटीलाई बताए। रिपोर्ट नेगेटिभ आए पनि उनी तत्काल डिस्चार्ज हुने छैनन्।

‘२४ घण्टाभित्र अर्को पनि नेगेटिभ रिपोर्ट आयो भने मात्रै हामी उहाँलाई डिस्चार्ज गर्छौं,’ जोशीले भने।

सुदूरपश्चिम प्रदेशका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो। चार जनाको पछिल्लो रिपोर्ट भने पोजेटिभ नै आएको अस्पतालले जानकारी दिएको छ।

धनगढी उपमहानगर वडा नम्बर ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६० वर्षीय महिलाको तेस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो।

अमेरिकीहरू बन्दूक बोकी सडकमा उत्रिए, आखिर के गरे ट्रम्पले ?

मेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन चाँडै खुकुलो पार्ने बताइरहँदा केही प्रदर्शनकारी भने बन्दूक बोकर प्रदर्शनमा उत्रिएका छन् ।

उनीहरुले लकडाउन चाँडै अन्त्य हुनुपर्ने माग राख्दै राज्य सरकार (गभर्नर) हरु विरुद्ध प्रदर्शन गरेका हुन् । जसलाई राष्ट्रपति ट्रम्पले पनि समर्थन जनाएका छन् ।

अमेरिकाको विशेषगरी मिशिगन राज्य र अन्य ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, लगायत राज्यमा लडकाउनको विरोधमा प्रदर्शन भएको छ ।

केही ठाउँमा बन्दूक बाेकेर नै प्रदर्शनकारी विराेध उत्रिएका थिए भने अधिकांश ठाउँमा प्लेकार्ड र झण्डा बाेकेका थिए ।

न्यूयाेर्क टाइम्सका अनुसार प्रदर्शनकारीहरूबारे फक्स न्यूजले एक रिपोर्ट प्रकाशित गरेकाे दुई मिनेटपछि नै ट्रम्पले ट्वीटहरूको श्रृंखला थप्दै घोषणा गरे, “लिबरेट मिशिगन!” र “लिनेरेट मिनेसोटा !” ती दुई राज्यहरूमा डेमोक्र्याटिक गभर्नरहरूले कडा सामाजिक दूरी र प्रतिबन्धहरू लगाएका छन् ।

तर ट्रम्प ती प्रतिबन्ध हटाउने पक्षमा छन् । उनले एकपछि अर्को ट्वीटहरू गर्दै ती राज्यहरू ‘खुला छाड्नुपर्ने’ बताएका हुन् ।

बीबीसीका अनुसार यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् । लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् ।

ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह गरेका छन् । उनले प्रदर्शनकारीलाई गभर्नरहरुविरुद्ध उक्साइरहेको आरोप समेत लागेको छ ।

पछिल्लाे एक ट्विटमा उनले न्यूयाेर्क राज्यका गभर्नरकाे कडा अालाेचना समेत गरेका छन् ।

विश्व स्वास्थ्य संगठन तथा चिकित्सकहरूले भने काेराेना महामारी न्यूनीकरण गर्न लकडाउन र प्रतिबन्धहरू कायम राख्नु सुझाव दिइरहेका छन् ।

प्रकाशित भएको : April 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु