आफ्नो पारिश्रमिक पनि दान गर्दै दिनबन्धु पोखरेल, उनको कामलाई सहयोग गरौँ

 

पण्डित दीनबन्दु पोखरेलले चितवनको रामपुरमा निर्माणाधिन रंगशालामा आइतबारदेखि सुरु हुन लागेको धनधान्याचल महोत्सवमा प्रवचन गरेबापतको पारिश्रमिक नलिने भएका छन् । उनले जनस्तरबाट निर्माण हुने रंगशालाका लागि पारिश्रमिक नलिने बरु थप दान गर्ने बताएका हुन् ।उनले अन्य महायज्ञबाट लाखौं रुपैंया पारिश्रमिक लिने गरेका थिए ।

‘चितवनको रामपुरमा निर्माणाधिन रंगशालामा सारा देशभरका नेपालीको भावना जोडिएको छ,उनले भने’,यो अभियानमा सबैले सकेको सहयोग गरौं ।’ उनले आफ्नो तर्फबाट पनि महायज्ञमा दान गर्नका लागि देश विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेको बताए ।

२६ गतेसम्म चल्ने धनधान्याचल महोत्सवको २२ बिधाका २२ जना ख्यातीप्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गर्ने प्रदेश सांसद समेत रहेका मुल आयोजक समिति संयोजक बिजय सुबेदीले जानकारी दिए । उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको रुपमा चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष उपस्थिती रहने सुवेदीले बताए ।

मह जोडीले दीप प्रज्वलन गरेर उद्घाटन गर्ने उनले बताए । उद्घाटन दिउसो २ बजे हुनेछ । त्यसअघि बिहान झाँकीसहितको वृहत शोभायात्रा निकालिने उनले जानकारी दिए । सुवेदीले महायज्ञमा सकेसम्म कम खर्च गर्ने र सम्भव भएसम्म सौजन्यबाट काम गरिरहेको बताए ।

यसैबीच आइतबारबाट शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिएका छन् । पण्डित दीनबन्धु पोखरेलबाट वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजनकिर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति,

हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको छ ।

अन्तिम पटक अपडेट गरिएको : July 30th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु