इक्वेडरमा रिपोर्ट गरिएभन्दा धेरैको मृत्यु, शव घर र सडकमा अलपत्र (भिडिओ)

 

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा कोरोनाका कारण रिपोर्ट गरिए भन्दा धेरै जनाको ज्यान गएको बिबिसीले जनाएको छ।

त्यहाँ आधिकारिक रूपमा कोरोनाका कारण ४ सय ३ जनाको ज्यान गएको बताइए पनि त्यहाँको एक प्रान्तले दिएको तथ्यांकले भने हजारौंको मृत्यु भएको देखाएको छ।

इक्वेडरको गुवायस प्रान्त सरकारका अनुसार अप्रिलको पहिलो दुई सातामा मात्र त्यहाँ ६ हजार ७ सय जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट बढी प्रभावित गुयस सहर इक्वेडरको सबभन्दा ठूलो सहर हो।

बिबिसीले प्राप्त गरेको भिडिओ फुटेजमा त्यहाँका मानिसहरूले मृतकहरूको शवलाई पाँच दिनसम्म पनि घरमै राख्न बाध्य भएको देखाइएको छ।

सरकारी अधिकारीहरूले ठूलो संख्यामा रहेका शव व्यवस्थापन गर्न असमर्थ भएपछि घर तथा सडकमै प्लास्टिकमा बेरेर छोडिदिएका छन्।

प्रहरीले पत्ता लगायो पैसा फाल्ने महिलाहरुलाई , कारण यस्तो (भिडियोहरु)

जनकपुरधामको सडकमा पैसा फालेर भागेका दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार जनकपुरधाम वडा नम्बर ४ महावीर चोकस्थित बीच सडकमा पैसा फालेर भागेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को आमुना खातुन र अलिना खातुनलाई प्रहरीले जानकी मन्दिर पछाडि रहेको मस्जिद नजिकबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरू दुबै जनालाई शनिबार दिउँसो साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दुबै जना नातामा नन्द र भाउजू पर्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ।

सिसिटिभी फुटेजको आधारमा उनीहरू दुबै जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए।

यस घटनाका कारणहरु अझै प्रहरीले मिडियामा भने खुलाएको छैन ।

Related Article

सुनसरीमापनि यस्तो अवस्थामा भेटिए ६ जना विदेशी मुसलमान

सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमापनि ६ जना विदेशी भेटिएका छन् । उनीहरु त्यहाँ आश्रय लिएर बसेको खुल्न आएको छ ।

६ विदेशीलार्ई शुक्रबार स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बिजी अस्पतालको क्वारेन्टाइनमा राखिएको नेपाल मुस्लिम संघ १ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताउनुभयो ।

उनीहरुलाई आवश्यक परीक्षणका लागि त्यहाँ राखिएको जनाइएको छ ।

मस्जिदमा भारतका मुम्बई, पटना, इलाहावादलगायत स्थानबाट आएका र दुई नेपालीसमेत छन् ।

यसैबीच प्रदेश नं १ का मस्जिद, मदरसा र छात्रावासमा बस्दै आएका मानिसलाई खाली गर्नका लागि नेपाल मुस्लिम संघले आग्रह गरेको छ ।

प्रदेशका मस्जिद, मदरसा र छात्रावासमा आवश्यक कर्मचारी, एमाम र मोअज्जिनबाहेक अन्यलाई नबस्नका लागि आग्रह गरिएको सचिव नइम अन्सारीले बताउनुभयो ।

मुसलमान समुदायको प्रतिष्ठा बचाउन र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी अपनाउन आग्रह गरिएको अध्यक्ष मन्सुरीले जानकारी दिनुभयो ।

सातबुँदे अपिलमा कोही मस्जिदलगायत ठाउँमा बसेका भए प्रहरी वा स्थानीय सरकारलाई खबर गरी क्वारेन्टाइनमा बस्न भनिएको छ ।

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

यसको स्वास्थ्य मन्त्रालयले भने अझै आधिकारिक पुष्टि गरेको छैन ।.

थप समाचार केहीबेरमा

विदेशी विद्यार्थीलाई अस्ट्रेलियाको विश्वविद्यालयले १० लाख डलर सहयोग गर्ने

काठमाडौं । अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर सहयोग गर्ने भएको छ ।

एमआईटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीका लागि सहयोगको घोषणा गरेको हो ।

यस्तो सहयोग एमआईटीकै कोर्स अध्ययन गरिरहेका वा फेडेरल युनिभर्सिटीको कोर्स एमआईटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रदान हुने विश्वविद्यालयले जनाएको छ ।

एमआईटीको मेलवर्न र सिड्नी दुवै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यो सुविधा पाउनेछन् ।

यो योजनामा एक विद्यार्थीले पाँच सय डलरसम्मको सहयोग पाउनेछन् ।

यद्यपि, वितरण मापदण्ड बन्न बाँकी छ ।

एआईटीले विदेशी विद्यार्थीहरुले गरेको योगदानको कदर गर्दै उनीहरुलाई यो संकटको घडीमा सहयोग गरिने बताएको हो ।

अहिले अष्ट्रेलियामा महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनले पार्टटाइम काम गरेर पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी खोसिएपछि उनीहरु आर्थिक समस्यामा परेका छन् ।

जनकपुरधाममा जब अपरिचित महिलाले पैसा फाल्दै हिँडे, स्थानीयबासी त्रसित

जनकपुरधाममा दुई जना अपरिचित महिलाले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्।

जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुई महिलाले सडक र पसल छेउमा पैसा फालेर भागेपछि स्थानीयबासी त्रसित भएका हुन्।

आज दिउँसो करिब एक बजेतिर दुई जना महिलाले १० रुपैयाँको नोट फ्याँकेर भागेको स्थानीयबासीको भनाइ छ।

नीलो र हरियो रंगको साडी लगाएका उनीहरूले करिब सय मिटरको दूरीसम्म सडक र पसलको छेउमा पैसा फ्याँक्दै भागेको स्थानीयबासीले बताए।

‘सडकमा पैसा किन फालेको?’ भन्दै सोधेपछि दुबै जना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयबासीको भनाइ छ।

‘निलो र हरियो रंगको लुगा लगाएका दुई जना महिला १०/१० रुपैयाँको नोट सडकमा फाल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फालेको सोधेपछि दुबै जना महिला भागे,’ महावीर चोकका एक स्थानीयले भने।

त्यसपछि आफूहरूले प्रहरीलाई तत्काल खबर उनीहरूले बताए। घटनास्थलमा पुगेको प्रहरी टोलीले नोट फालिएको स्थानमा स्यानिटाइज गरेको छ।

ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

‘सडकमा १०/१० रुपैयाँ छरिएको अवस्थामा हामीले फेला पारेका छौं, उनीहरूले किन ती नोट फालेका हुन्।

त्यसको समेत अनुसन्धान सुरू गरेका छौं,फाल्ने व्यक्तिहरूको खोजी समेत भइरहेको छ’, इन्स्पेक्टर झाले सेतोपाटीसँग भने।

सडकमा फालिएका नोट तीन चार जनाले उठाएका छन्।

भिडियोहरु हेर्नुहोस

https://youtu.be/kvk078cDXQ0

https://youtu.be/3Tdu5LNZNwc

https://youtu.be/FS3QIBxSSus

https://youtu.be/7Eph57e8czE

https://youtu.be/Rd0M-YQoZog

https://youtu.be/YLrhLST42Kk

 

प्रकाशित भएको : April 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु