नेपालमा भर्खरै भेटिएका नयाँ ६५ बर्षीय कोरोना संक्रमित को हुन् ?

 

काठमाडौं । नेपालमा फेरि नयाँ कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज २ जनाले कोरोनाभाइरसलाई हराएका छन् ।

यो बीचमा आज नै अर्को एकजना नयाँ बिरामी थप भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६५ बर्षीय, पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

हालको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड–१९ को जम्मा पुष्टी भएको संख्या ३१ भएको छ ।

नेपालमा अहिलेसम्म ३ जना निको भइसकेका छन् । भारतमा कोरोनाका बिरामी बढेसँगै नेपालमा पनि लगातार संख्या बढ्दै गइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति भारतीय नागरिक हुन् । संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको जानकारी दिइएको छ ।

लामो समयदेखि १६ जनामा सिमित संख्या शुक्रबार एकै पटक १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

प्रदेश नम्बर १ सरकारले आज साँझ दिएको जानकारीमा प्रदेश १ मा १,८९७ व्यक्तिको कोरोना परीक्षण हुँदा १ जना संक्रमित भएका थिए । जसको अन्तिम रिर्पोट आउँन बाँकी भनिएको थियो ।

प्रकाशित भएको : April 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु