लकडाउनमा पेट्रोलमा पानी मिसाएर बेच्ने व्यक्ति यी हुन् !!

 

पेट्रोलमा पानी मिसाउने व्यक्तिका बारेमा थप रहस्यको खुलासा भएको छ । हिजो नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा पानी आएपछि सबै हैरान भएका थिए ।

अहिले बाहिर आएको जानकारी अनुसार ट्याङ्कर चालकले नै पानी मिसाएका थिँए ।

शुक्रबार सो पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जानकारी दिएको छ ।

उक्त पेट्रोल पम्पले शनिबार बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी फेला पारेको थियो ।

पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटस्थित डिपोलाई खबर गरेर अनुसन्धान थालेको थियो । सोलगत्तै उक्त पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो ।

पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको पनि निगमले स्पष्ट पारेको छ । प्रहरीको पेट्रोल पम्पमापनि पेट्रोल हाल्दा पानी आएको विषयमा आलोचना भइरहेको थियो ।

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु