बाेक्सी धपाउन भन्दै गएका धामीकाे घाँटीमा मासु अड्किएर मृत्यु

 

घाँटीमा मासु अड्किएर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका-१३ का ६९ वर्षीय देवीलाल कामीको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो ।

शनिबार राति सल्यानचौरस्थित स्थानीय बालाराम कवरको घरमा धामीझाँक्री गर्न गएका उनको आइतबार बिहान तीन बजे बाख्राको मासु खाने क्रममा घाँटीमा अड्किएको थियो ।

मासु अड्केपछि उपचारका लागि आइतबार बिहान अस्पताल पुर्‍याउनेबित्तिकै कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कामीको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । गाउँमा धामी बसिसकेर बोक्सी भगाउने भन्दै कवरकाे घरमा बाख्रा काटी राति नै मासु पकाएर खाएका थिए ।

सम्वन्धित पोस्ट

नेपाल रमिता हेर्छ : २ जना मात्र नेपालमा फसेका नागरिक लिन भुटानले विमान पठायो

काठमाडौं । कोरोना महामारी होस वा अरु थोक संकटका कारण देश तथा विदेशमा फसेका जनताको उद्धार गर्नु हरेक देशको कर्तव्य हो ।

अहिले भारत, खाडी मुलुक, युरोप, अमेरिका लगायत देशहरुमा नेपालीहरु फसेका छन् । उनीहरु नेपाल फर्कन चाहान्छन् तर सरकार अहिले ल्याउने पक्षमा छैन् ।

यस्तै, नेपालमा फसेका आफ्ना नागरिक लिएर भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअर फिर्ता भएको छ ।

नेपालमा कोरोना भाइरसका कारण फसेका दुई जना भुटानी नागरिकको उद्धार गरेर आफ्नो देश लगेको छ ।

आफ्ना दुई जना नागरिकलाई लिन शनिबार बिहान एटीआर ४२ सिरिजको विमान काठमाडौं आएको थियो ।

यो विमानको क्षमता ३० देखि ५० सिटसम्म हुन्छ । जहाजले नेपाली चलचित्रमा अभिनयको लागि नेपाल आएकी भुटानी नायिका उगेन छोदेन र हिमालय एअरलाइन्सका पाइलट सोनाम तोब्गेलाई लिएर थिम्पु फर्केको जनाइएको छ ।

नायिका उगेन ‘दुई नम्बरी’ नामक नेपाली चलचित्रमा अभिनय गर्न ८० दिनअघि नेपाल आएको चलचित्रका निर्देशक दिपेन्द्र लामाले जानकारी दिए ।

भुटान फर्केका दुवै जना पारोको ओलाथाङ होटलमा २१ दिनका लागि क्वरेण्टीनमा बसेका छन् ।

थिम्पुको एक क्वरेण्टीनमा बसेका पाइलट सोनाम तोब्गेले आफुले हिमालय एअरलाइन्समा दुई सय जना हाराहारी बोकेर जहाज उडाउँने गरेको पहिलोपटक जम्मा दुई जना मात्रै यात्रु हुँदा अनौठो लागेको बताए ।

उनले आफूलाई आफ्नो भुटान सरकारप्रति गर्व रहेको पनि बताए । जहाजको पैसा उनीहरु आफैंले दिएका हुन् । तर दुई जनालाई मात्रै लिन विमान आउने कुरामा आफैंमा अच्चमको विषय हो ।

विमान पठाउने बन्दोबस्त भुटान सरकारले नै गरे पनि भाडा भने दुई जनाले तिरेका छन् । उनीहरु दुई जनाले पाँच हजार एक सय अमेरिकी डलर तिरेका हुन् ।

भुटानमा पनि अहिले लकडाउनमा छ । भुटानमा जम्मा ५ जना संक्रमित हुँदा २ जना निको भैसकेका छन् ।

भिडियोहरु हेर्नुहोस्

 

प्रकाशित भएको : April 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु