मनकामनाका मुख्य पूजारीबाट बन्दुक बरामद !

 

गोरखाको मनकामना मन्दिरका मुख्य पूजारी इन्सानबहादुर थापा मगरको साथमा रहेको बन्दुक प्रहरीले बरामद गरेको छ।

लकडाउनका बेला हतियार बोकेर हिँडेको भन्दै प्रहरीले पूजारी थापाको साथबाट प्वाइन्ट टुटु बन्दुक बरामद गरेको हो।

‘लकडाउनका बेला हिँड्न पाइँदैन। उहाँको साथमा रहेको बन्दुक लाइसेन्सप्राप्त रहेछ। तैपनि बरामद गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले सेतोपाटीसँग भने, ‘उहाँलाई सोधपुछ गरेर तारेखमा छाडियो। बन्दुक हामीसँग छ।’

पूजारी सहिदलखन गाउँपालिका वडा नम्बर ३ बाट वडा नम्बर ४ जाँदै गर्दा प्रहरीले उनको साथबाट बन्दुक बरामद गरेको थियो।

‘उहाँ ग्रहदशा काट्न भन्दै घर नजिकैबाट जाँदै हुनु हुँदो रहेछ। त्यहीबेला उहाँको साथबाट बन्दुक बरामद गरिएको हो,’ अधिकारीले भने।

इजाजत प्राप्त बन्दुक भए पनि लकडाउनका बेला बन्दुक बोकेर हिँड्न नमिल्ने उनले बताए। ‘उहाँले किन बन्दुक बोकेर हिँड्नुभएको हो भन्नेबारेमा हामी अनुसन्धानमै छौं,’ उनले भने। शनिबार पूजारी थापाको साथबाट बन्दुक बरामद गरिएको हो।
News Source

भिडियोहरु हेर्नुहोस्

 

प्रकाशित भएको : April 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु