‘मलाई पैसा कमाउनु छैन, भएको सम्पत्ति पनि ट्रष्टका नाममा दान गरिसकेँ’- प्रधानमन्त्री

 

“मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु।

मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो”, प्रधानमन्त्री ओलीले भनेका छन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्पत्तिको कुनै लोभ नभएको बताएका छन्।

उनले आफूलाई सम्पत्ति कमाउने कुनै रहर नभएको र सम्पत्ति कमाउन राजनीतिमा नआएको बताएका छन्।

राष्ट्रिय समाचार समितिलगायत सरकारी सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा उनले आफू बोली र व्यवहारमा प्रतिवद्ध रहेको पनि बताएका छन्।

“मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु।

मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो”, प्रधानमन्त्री ओलीले भनेका छन्, “मलाई पैसा कमाउनु छैन। म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ। म बोली र व्यवहारमा प्रतिबद्ध छु।”

उनले आफूले पटक–पटक भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा ‘भ्रष्टाचार गर्दिनँ र हुन दिन्नँ’ भन्ने गरेको स्मरण गर्दै पहिले–पहिले भएका भ्रष्टाचारका मुद्दालाई सरकारले छानबिन र कारबाही गरेको हुँदा यही सरकारले भ्रष्टाचार गरेको भन्ने ढङ्गले कुप्रचार गरिएको टिप्पणी गरे।

“जस्तो, बालुवाटारको ललिता निवास प्रकरण विगतमै भएको हो। हामीले चाँजबुझ अघि बढायौँ। वाइडबडी प्रकरणको कुरा पहिल्यै शुरू भएको हो।

३८ केजी सुन प्रकरणमा हाल करीब ७३ जना कारागारमा छन्”, प्रधानमन्त्रीले भनेका छन्, “२२–२४ जनालाई जिउँदै पोल्ने पनि पहिले सांसद भएर बसेका थिए। तिनीहरू छानबिन आएपछि शासन सुव्यवस्था नभएको र भ्रष्टाचार भएको भनी आरोप लगाइएको छ। तर, सबै अनियमितता एकैपटक नरोकिन सक्छन्। सुशासन लामो यात्रा हो।”

स्वास्थ्य सामग्री खरिदका विषयमा प्रधानमन्त्री ओलीले दोषी भेटिए जुनसुकैलाई पनि कारबाही गर्ने बताएका छन्। उनले प्रधानमन्त्रीले खरिदबिक्रिको कारोबार गर्दै भन्ने बुझ्न पनि आह्वान गरेका छन्।

“पहिला–पहिला आफूले गरेकाले त्यही सम्झिएर वा ऐनामा हेर्दा आफ्नो त्यही अनुहार देखेर अहिले अरुले पनि त्यही गरेको हुनुपर्छ भन्ने हल्ला चलाइरहेका छन्।

स्वास्थ्य सामग्रीसम्बन्धी सम्झौता र रद्द गर्ने काम स्वास्थ्य मन्त्रालयको सम्बन्धित विभाग हो”, प्रधानमन्त्री ओलीले भनेका छन्, “सम्झौता रद्द भएको मैले प्रेस ब्रिफिङबाटै थाहा पाएको हुँ। त्यसमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई जोडेर प्रचार गरिनु कर्कश धुन बजाउनुजस्तै हो।

यो कुरा भ्रम सिर्जना गर्ने, जनता अल्मल्याउने र सरकारलाई असफल पार्ने मनसायबाट प्रेरित हुन्।”

प्रकाशित भएको : April 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु