भारतबाट फर्केका वडाध्यक्षलाई देखियाे कोरोनाकाे एन्टीबडी

 

धनुषाका एक वडाध्यक्षमा कोरोना भाइरसविरुद्धको र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ।

धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षको आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए।

‘आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ, स्वाब लिई परीक्षणका लागि पठाउने तयारी गरेका छौँ’ उनले भने ‘उहाँ मधुमेहको बिरामी हुनुहुन्छ, पिसिआर टेष्टका लागि हामीले स्वाब लिइसकेपछि अस्पताल नजिकै रहेको क्वारेन्टाइनमा पठाउँछौँ।’

उनी भारत बिहारको मधुवनीमा १ महिना बसी नेपालमा लकडाउन लागू भइसकेपछि आफ्नो गाउँ फर्केका थिए।

भारतबाट फर्केको थाहा पाएपछि आफूहरुले उनलाई गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए।

‘वडाध्यक्षज्यु भारतबाट आउनुभएको छ भन्ने जानकारी पाएपछि क्वारेन्टाईनमा बस्न भन्यौँ सुरुमा त उहाँले मान्नु भएन तर जसरी पनि बस्नै पर्छ भनेपछि क्वारेन्टाईनमा बस्नुभयो, उनले भने ‘उहाँको र्‍यापिड टेष्टको नतिजा समेत पोजेटिभ आयो, आज १६ दिन भएछ।’

पिसिआर टेष्टका लागि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ।

Setopati

भिडियोहरु हेर्नुहोस्

प्रकाशित भएको : April 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु