कांग्रेस उपसभापति गच्छदार जेल जाने !

 

बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको १ सय १४ रोपनी जग्गा प्रकरणमा संलग्न भएको आरोपमा तत्कालिन उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसको उपसभापति विजय गच्छदार जेल जाने भएका छन् ।

आज (बुधबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दाका आधारमा गच्छदार जेल जाने भएका हुन् ।

उनले तत्कालिन उपप्रधानमन्त्री भएको बेला ललिता जग्गालाई व्यक्तिको नाममा पास गर्नको लागि महत्व पूर्ण भूमिका निर्वाह गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ । जसकारण उनी विरुद्ध मुद्दा दायर भएका र यसैकारण जेल भएका हुन् ।

अख्तियारले विशेष अदालतमा पुर्याएको मुद्दाको मिसिल विशेष अदालतका अधिकारीहरुले अहिले सबविस्तार हेरिरहेका छन् । मुद्दाको फाइल हेरिसकेपछि मुद्दा अगाडी बढाउने विषयमा छलफल भइरहेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

अन्तिम पटक अपडेट गरिएको : February 7th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु