
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ ।
सरकारले पार्टी विभाजनमा सहज बनाउन सरकारले विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको जानकारी दिइएको छ ।
अहिले विश्व कोरोना महामारीसँग लड्दै गरेको अवस्थामा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रस्ताव गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले कुनै एक कमिटीमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने प्रस्ताव गरेको कुराले आश्चर्यमा परेको एक मन्त्रीले बयान दिनु भएको छ ।
प्रधानमन्त्रीले एकाएक किन यस्तो प्रस्ताव गर्नुभयो भनेर मन्त्रीहरु चकित भएका छन् ।
यो सँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ ।
बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् ।
पछिल्लो घटनाक्रम हेर्दा नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको अनुमान लगाउन सुरु गरिएको छ ।
प्रतिकृया दिनुहोस्