उपनेता गच्छदारलाई साथ दिँदै कांग्रेसले यसरी गर्यो संसद अवरुद्ध

 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाएको प्रति आपत्ति जनाउँदै संसद बैठक अवरुद्ध गरेको छ ।

कांग्रेसले आज (बिहीबार) संसद बैठक अवरुद्ध गरेपछि बैठक सभामुख अग्नि सापकोटाले बैठक स्थिगित गर्न पुगेका छन् । कांग्रेसले गच्छदारलाई राजनीतिक आस्थाका आधारमा फसाइएको भन्दै संसद बैठक अवरुद्ध गरेको हो। कांग्रेसकी सचेतक पुष्पा भुसालले बैठकको सुरुमै अख्यितार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया बनेको भन्दै विरोध जनाएकी थिइन् ।

कांग्रेसका सांसदले उठेर संसल बैठकमा अवरोध गरेपछि बैठक शुक्रबार दिउँसोसम्मका लागि स्थगित भएको छ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले हिजो (बुधबार) कांग्रेसका उपसभापति समेत रहेका संसदीय दलका उपनेता गच्छदार लगायतक १ सय ७५ जना विरुद्ध विशेष अदालतमा ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो ।

अन्तिम पटक अपडेट गरिएको : February 7th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु