मन्त्रीहरुसँगको छलफलपछि वर्षमानको प्रचण्ड निवासमा ब्रिफिङ

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को निर्णयबारे ब्रिफिङ लिएका छन्।

त्यसअघि उनले उर्जा मन्त्रालयमा पूर्वमाओवादीका मन्त्रीहरुसँग छलफल गरेका थिए। लगत्तै उनले प्रचण्ड निवास पुगेर ब्रिफिङ गरेका हुन्।

आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री वर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए।

प्रचण्डले पुनलाई मन्त्रिपरिषद्मा भएको छलफलका विषयमा छलफलका लागि डाकेका हुन्।

Related Article

जंगीअड्डामा सुरक्षा निकायका प्रमुखहरूको भेला

नेपाली सेनाको मुख्यालय जंगीअड्डामा मुलुकका चार वटै सुरक्षा निकायका प्रमुखहरूको भेला सम्पन्न भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले सोमबार दिउँसो जंगीअड्डामा भेला भएर समसामयिक विषयमा छलफल गरेका हुन् ।

जंगीअड्डा स्रोतले यो भेटघाटलाई नियमित भनेको छ ।

एक उच्च सुरक्षा अधिकृतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक नेतृत्व सम्हालेपछि हरेक महिना सुरक्षा निकायको समन्वयात्मक छलफल गर्ने गरेका छन् । सोमबारको छलफल त्यसैको निरन्तरता भएको ती अधिकृतले दाबी गरे ।

उनले सोमबारको छलफलमा कोभिड–१९ नियन्त्रण र समन्वयबारे कुराकानी भएको पनि सुनाए ।

छलफलमा प्रधानसेनापति थापासहित नेपाल प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र गुप्तचर प्रमुख गणेश अधिकारी सहभागी थिए ।

Related Article

ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका टेलिकमका ग्राहकलाई आजबाट निशुल्क सेवा

काठमान्डौ , नेपाल टेलिकमका ग्राहकले विशेष सुविधा पाउने भएका छन् ।

ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउने भएका हुन् ।

आज राती १२ बजेबाट लागु हुने जनाईएको छ ।अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पहलमा टेलिकमले यस्तो सेवा दिन लागेको मन्त्रीका प्रेस संयोजक यमन पौडेलले जानकारी दिएका हुन् ।

टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने भएको छ ।

१ निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने:२५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, १०० एमबी डाटा ,प्याकेजको अवधि ७ दिनको हुने ।

२.सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।

३.सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने

४.सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने

५.सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने

६.सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने

प्रकाशित भएको : April 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु